Breaking

इरानमाथि इजरायल थप आक्रामक, रोक्ने कि चर्काउने अमेरिकाको हातमा, इरान थप मुठभेडको मनस्थितिमा (भिडियोसहित)


काठमाडौँ— गत शनिवार इरानले एकाएक इजरायलमाथि ड्रोन र मिसाईल प्रहार गरेर युद्धका लागि लल्कारेपछि सुरु भएको तनाव ट¥यो कि स¥यो भन्ने चासोका बीच फेरि शुक्रबार इजरायलले इरानमाथि जवाफी आक्रमण सुरु गरेको छ।

दुई देशबीचको सत्रुका मथ्थर भएको अड्कलकाबीच इ्जरायलले बदला स्वरुप जवाफी आक्रमण गरेपछि तत्काल पूर्ण रुपमा युद्ध टरेको भन्न सक्ने अवस्था छैन । इजरायलले शुक्रबार इरानका धेरै सहरमा मिसाइल आक्रमण गरेको छ। इरानको आणविक प्लान्टमा पनि मिसाइल खसेको बताइएको छ।

इरानको सरकारी समाचार एजेन्सीका अनुसार इरानको इस्फाहान सहरको एयरपोर्टमा पनि विस्फोटको आवाज सुनिएको छ। यस सहरमा धेरै आणविक प्लान्ट छन्। इरानको सबैभन्दा ठूलो युरेनियम कार्यक्रम पनि यही ठाउँबाट चलिरहेको छ। विस्फोटपछि धेरै उडानहरू डाइभर्ट गरिएका छन्। यसअघि इरानले गत शनिबार राति इजरायलमा करिब ३ सय ड्रोन र मिसाइल प्रहार गरेको थियो। जसमध्ये झन्डै ९९ प्रतिशत ड्रोन र मिसाइल बीचमै खसालेको दाबी इजरायलले गरेको छ । इजरायलले आफ्नो देशको सुरक्षाका लागि आकासमै मिसाईल निस्तेज पार्न सक्ने रक्षा कवच राखेको छ ।

इरानको आक्रमणले रुष्ट बनेको इजरायलले बदला स्वरूपे अहिले इरानविरुद्ध प्रहार सुरु गरेको छ । त्यसो त इरानले अप्रिल १ मा सिरियाको राजधानी दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा भएको घातक हमलाको बदलास्वरूप शनिबार इजरायलमा आक्रमण गरेको थियो। इगो साधेर दुबै देश अहिले एकअर्कालाई तह लगाउने नितीसहित युद्धमा छन् ।
इरानी दूतावासमा भएको आक्रमणमा १३ जनाको ज्यान गएको थियो, जसमा रिभोल्युसनरी गार्डका कमान्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदीको मृत्यु भएको थियो भने उनका सहायक पनि मारिएका थिए। तर इजरायलले इरानको वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी लिएको छैन।

इरानका विदेशमन्त्री होसेन अमिराब्दुल्लाहियानले इरानमा शुक्रबार भएको आक्रमणमा इजरायलको संलग्नता छ कि छैन भन्ने मै प्रश्न गरेका छन् । उनले यो आक्रमणलाई सामान्य रुपमा लिदै इजराईलले प्रयोग गरिएका हतियारहरू बालबालिकाको खेलौना जस्तो भएको टिप्पणी गरेकाछन् । तर अमेरिका सहित पश्चिमा मुलुकहरुको ठुलो साथ पाएको इजरायल त्यत्तिकै चुुप बस्ने देखिँदैन । अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायलको सुरक्षा गर्ने वचन दोहो¥याई रहेका छन् । अहिले इजरायलले इरानको आक्रमणलाई सामान्य भएको सन्देश दिईरहेको छ । तत्काल इरानको हमलाले गाजाको विषय ओझेलमा पारेका कारण इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू अनुकुल समयको प्रतिक्षामा छन ।
यता शनिवार हमला गरेर आफ्नो शक्ति देखाएको इरानले इजरायललाई धम्की दिन छाडेका छैन । बुधवार तेहरानमा आयोजित कार्यक्रममा बोल्दै इरानका राष्ट्रपति इब्राहिम रैसीले इरानमाथीको अति सानो आक्रमणलाई गम्भिर रुपमा लिने चेतावनी दिएका छन् । इरानको धम्कीलाई जवाफ दिने बताएको इजरायलले शुक्रबार जवाफी हमला गरेको छ।
दुबै देशले अहिले आफुलाई बहादुर करार गर्दै एक अर्कालाई चिढ्याई रहेकाछन् । एउटाको हमलालाई अर्कोले सामान्य भन्दा भोलि ठूलै संकट आउन सक्ने खतरा टरेको छैन ।