Breaking

रुसी सेनामा गएका नेपालीलाई फर्काउन माग गर्दै प्रदर्शन


काठमाडौँ— रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै उनीहरुको परिवारका सदस्यले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

आज काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले करार सम्झौता रद्द गरी उद्दारको पर्खाइमा रहेका नागरिकलाई पुनः युद्धमा लगिएको भन्दै तत्काल नेपाल फर्काउन माग गरेका छन् ।

त्यस्तै युद्धमा घाइतेका उचित उपचार, क्षतिपूर्ति र नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने, युक्रेनको कब्जामा रहेका नेपालीलाई सकुशल उद्दार गर्नुपर्ने, मृतकको शव ल्याउन र क्षतिपूर्तिसहित रुसी सेनाबाट पाउनुपर्ने सबै सेवा सुविधा पाउनुपर्ने पनि माग गरेका छन् ।