Breaking

वामपन्थी एकताका नाममा ध्रुवीकरण उचित हुँदैन : ओली


काठमाडौँ— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता वा अन्य कुनै पनि नाममा राजनीतिक शक्तिहरुबीच ध्रुवीकरण उचित नहुने बताएका छन् ।

काठमाडौंमा आज सुरु भएको पार्टीको प्रतिनिधि परिषदको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले कुनै पनि विचार या शक्तिलाई निषेध गर्ने गरी वामपन्थी एकता या समाजवादी ध्रुव निर्माण गर्नु व्यवहारिक नहुने बताएका हुन् ।

‘‘मुख्य प्रश्नहरुमा न्यूनतम समझदारीको खाँचो छ, अनि विचार मिल्नेहरु माझ सहकार्य आवश्यक छ । त्यसैले यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यवहारिक र लाभदायी हुँदैन’, ओलीले प्रतिवेदनमा भनेका छन् ।

अहिलेको सहकार्य गहिरो हुँदै जाँदा र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलि विचार मिल्नेहरु क्रमशः एक ठाउँमा हुन सक्ने भन्दै उनले भनेका छन्, ‘तर आजका दिनमा भने सबै सकारात्मक शक्तिहरुलाई साथ लिएर अगाडि बढ्नु बढी महत्वपूर्ण छ ।’