Breaking

देउवा देखाएर बार्गेनिङ बढाउँदै माधव ! कसरी बन्छ बैकल्पिक गठबन्धन ? किन हौसियो कांग्रेस ?


काठमाडौँ – वर्तमान सत्तागठबन्धनमा खटपट शुरुभएसंगै नेपाली कांग्रेसको दौडधुप बढेको छ । उसले तयार पार्ने ‘वैकल्पिक समिकरण’को धरातलले को को समेटिने भन्ने टुङगो लाग्ने अवस्थाले पनि कांग्रेसलाई तातो लागेको हो । जहाँ अहिले नछोडेपनि यो प्रयास निरर्थक नहुने एकीकृत समाजवादीको आश्वासनले उर्जाको काम गर्दा के नयाँ गठबन्धन बन्ने स्तरको राजनीतिक परिदृश्य विकसित भईसकेको हो त ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई छोडेर एमाले रोजेपछि पिडामा रहेको नेपाली कांग्रेस वैकल्पिक समिकरणको दौडधुपमा लागेको छ । तत्कालीन समयमा पर्ख र हेरको अवस्थामा रहेको भन्दै नेकपा एकीकृत समाजवादीले नयाँ समिकरण नै रोजपछि कांग्रेस सुस्ताएको थियो । स्ट्राईकर बन्ने व्यक्तिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फकाउने र एमाले अध्यक्ष केपी शर्मा ओलीले वृहत वाम एकताको सपना देखाएपछि कांग्रेसले सपना पुरा गर्न सकेको थिएन् । जहाँ कोटेश्वरमै गएर प्रचण्ड ओलीले भेटेपछि फर्किएका माधवकुमार नेपाल आफूलाई शक्तीको ईपिसेन्टर नै मान्न थालेका थिए । जसपा,जनमत जस्ता पार्टि समेत उतै लाग्दा बुढाबुढि नै भिड्ने स्थितीमा समेत नागरिक उन्मुक्ति पार्टिले नयाँ समिकरणलाई नै फाईदा पुर्याएको थियो । यी परिस्थिती आफूले चाहेको नयाँ वैकल्पिक समिकरण अनुरुप नभएको निष्कर्षमा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा कम्तिमा हनिमुन पिरियड पर्खिने रणनितिमै पुगेका थिए ।

त्यस्तै रवि लामिछानेलले आफूलाई प्रधानमन्त्रीको अफर आएको अर्को खुलासा गर्दा प्रचण्ड र ओलीसंगै समानान्तर वार्ता गरेर माहोल तताउने तथा गठबन्धनमा अविश्वासको खेती गर्ने काम भने कांग्रेसले गरि नै रहेको थियो । यहिबीचमा ओलीले समाजवादी मोर्चालाई गरेको वेवास्ता,पेलिदै गएका प्रचण्ड र प्रदेशमा निर्णायक रहेको समाजवादीलाई गरेको व्यवहारले उसलाई उर्जा थपिएको हो । जहाँ प्रदेशबाटै विद्रोह थाल्ने र केन्द्रसम्मै त्यसलाई लम्बाउने तथा अरुवेला आफूलाई फकाउने प्रचण्डलाई अब आफूले डोहोर्याउने भन्दै माधवकुमार नेपालले देखाएको सपनाले त कांग्रेसीजनको मनमा लड्डु नै फुटेको बुझन कठिन छैन् । यद्यपि आफूहरु निर्णायक भएकाकारण जति सकिन्छ लिने हो भन्ने समाजवादीका नेताहरुले भने यो वार्गेनिङसम्म मात्र हुन्छ कि नयाँ समिकरणमै पुग्छ शंका उक्तिकै छ ।

यता समाजवादीको विद्रोह प्रदेशमा स्वीकार गर्ने र केन्द्रमा सहायकका रुपमा अघि सार्ने रणनितिमा प्रचण्ड ओली पुगे हुन्छ भन्ने अर्को प्रश्न छ । जसले पहिलेकै गठबन्धन बनेपछि आफ्नो पालो नै आउने भन्दै प्रधानमन्त्रीमा दाबी गरिहेको माधवको दिन खुल्ने सम्भावना समेत उच्च छ । यहिकारणले उनले देउवा भेट्दा गठबन्धनका दलहरु अझ तरङिगत बनेका छन भने एमाले समेत गलेको छ । अर्कातर्फ दौडधुप बढाएका देउवाको रणनीतिअनुसार कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, लोसपाको ४ र नागरिक उन्मुक्तिको ४ सीट जोड्दा १३८ सीट हुन्छ । यो भनेको नयाँ सरकार गठनका लागि पुग्ने संख्या हो । यसबाहेक चित्रबहादुर केसी र स्वतन्त्र सांसदहरू समेत आफ्नो पक्षमा ल्याउन सकिने आँकलन कांग्रेसको छ । जहाँ प्रचण्डलाई पाठ पठाउने देउवा रणनिति र प्रधानमन्त्री पाए जेसुकै गर्ने एकीकृत समाजवादीको मनस्थितीले समेत यो सम्भावनालाई उच्च बनाएको छ । जुन वैकल्पिक गठबन्धनको प्रयासलाई जारी राख्नेमा माधव देउवा नै सहमत रहँदा केन्द्रको गठबन्धनबारे अहिले नसोचेको भन्दै कांग्रेस नेताहरु माहोला विग्रन नदिने बाटोमा छन् ।

यता समिकरण परिवर्तन भए सडकमा पुग्ने अवस्थामा रहेका प्रचण्ड र शैली नसुधारेर अवस्था विग्रिएको आरोप खेप्ने ओलीका लागि भने यो त्यति सहज छैन् । फलत ः समावपादीले आफूलाई वार्गेनिङको अश्त्र बनाएछ भने पनि यसैलाई प्रयोग गरेर ओली वा प्रचण्ड नै फकाउनेसक्ने अवस्थामा कांग्रेस देखिन्छ । यहि कारण प्रधानमन्त्री नै दिने कुरामा कांग्रेस र माधव फकाउने सत्तारुढ दलले गर्ने प्रयासको रस्साकस्सीले अहिले नै वारपार हुने अवस्था भने छैन् । अर्थात स्वार्थलागि मिल्नेहरुको दौडमा हैसियत देखाईदिने प्रतिस्पर्धा समेत मिसिएको अहिलेको दृश्य सोचेजस्तै अघि बढ्ने गरि परिपक्व भने भइसकेको छैन् ।