Breaking

माधव–रविले धोका दिएपनि सत्तामा प्रचण्ड ढुक्क, यस्तो छ अंकगणित, देउवा बोक्न तयार


काठमाडौँ – नेकपा एकीकृत समाजवादीले बाटो फेरेपछि अहिले सत्ता गठबन्धनमा हलचल छ । सत्तारुढ दलहरुमा छटपटी छ भने प्रतिपक्षी कांग्रेसमा खुसी सन्चार भएको छ । जसले प्रचण्डलाई सडकमा पछार्ने ओलीको अश्त्र सफल भएको रुपमा हेरिदा गठबन्धन भत्किने निश्चित भएकै रुपमा व्याख्या गरिएको छ । तर के प्रचण्ड अब विकल्पहिन नै छन् त ? के गठबन्धन जोगाउने बाटो नै छैन त ?

एमाले अध्यक्ष केपी शर्मा ओलीको दबदबा र नेकपा एकीकृत समाजवादी फरक तरिकाले चल्न थालेपछि सत्तारुढ गठबन्धको भविष्यमाथि नै प्रश्न उठेको छ । उसको यो कदमले निरन्तरता पाए सूदूरपश्चित सहित वागमती र मधेश प्रदेशमा सत्तारुढ दलहरुले हात धुुनुपर्ने छ । कोशीमा अहिलेकै सरकार कायम रहने सक्ने अवस्था बन्दा एकीकृत समाजवादी अव फर्किएर नहेर्ने निष्कर्षमै पुगेको छ ।

तर नागरिक उन्मुक्ति पार्टिले मुख्यमन्त्री नपाएपछि वैकल्पिक भनिएको गठबन्धनबाट मुख्यमन्त्री बन्ने एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले विश्वासको मत पाउने भने निश्चित छैन् । यसले गन्जागोल अझ बढ्दा समाजवादीले छाड्दैमा केन्द्र सरकार तलमाथि हुने अवस्था पनि छैन् । अर्कातर्फ कांग्रेसले वैकल्पिक समिकरण बनाउने आधार तय नगरे यो गठबन्धन छोडे विपक्षीमा बस्नुको विकल्प समेत एकीकृत समाजवादीसंग छैन् । यहि कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले पेलान हानेको भन्दै गठबन्धन टुटाउने गरि अघि बढेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सफल नहुने तर्क गर्नेहरुपनि छन् ।

यहिबीचमा समाजवादीका नेताहरुले भने आफूहरु दुर्घटनामा परेको भन्दै गठबन्धन फुटाएरै छाड्ने दाबी गरेकाछन् । यहि अवस्था रहे आफूलाई प्रमाणित गर्न ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट संसद विघटन गराउनसक्ने तर्क गर्ने उनीहरु त्यसका लागि एकजुट हुनुको विकल्प नभएको बताउँछन् । त्यस्तै अहिले ओली सुध्रिएको नभई प्रचण्डलाई सडकमा पुर्याउन लागि परेको दावी गर्ने उनीहरु वामएकतासम्मै नपुग्ने गठबन्धनमा प्रचण्ड किन बस्छन भन्ने प्रश्न समेत गर्छन् ।

हुन त अब प्रचण्डलाई नै प्रधानमन्त्री बनाउन कांग्रेसले नबोक्ने स्थितीले आफू प्रधानमन्त्री हुनसक्ने माधवको आशा समेत यसमा जोडिएको छ । तर अवस्था त्यति सहज भने छैन् । अहिले नै पनि प्रदेश छाडेर केन्द्रमात्रै जोगाउने यसअघि कोशीमा देखिएको रणनितिको विकल्प प्रचण्डसंग छ । त्यस्तै ओली र कांग्रेस सभापति शेरबहादुर देउवा एक ठाँउमा उभिने अवस्था नभएकोमा समाजवादीकै नेता सहमत रहँदा प्रचण्ड अहिले पनि शक्तीको मियो नै हुन् ।

अर्कातर्फ यो समिकरणको प्राण अडिएको राष्ट्रिय स्वन्त्रत पार्टिका सभापति रवि लामिछाने जेल नै गएछन् भने पनि पार्टिले सत्ता छोड्न सक्ने अवस्था छैन् । जसमा विराजभक्त र सुमना श्रेष्ठ मन्त्रीहुनुले भूमिका खेल्दा डा.स्वर्णिम वाग्लेकै लागि समेत यो अवसर नै बन्ने छ । जसले टाईट नै रहेपनि सरकारका लागि आवश्यक अंकगणित कायम रहने आधार बलियो बन्दा पद जोगाउन रास्वपाले भनेकै मान्ने प्रचण्डलालाई एमालेको इशारामा नाच्न समेत ठूलो समस्या छैन् । जुन गठबन्धन कायम रहने ठूलो आधार हो ।

मुख्य कुरा त नयाँ समिकरण नै बनेपनि प्रचण्ड प्रधानमन्त्री बन्ने पालो सकिएकै छैन् । त्यो भन्दा महत्वपूर्ण उनी अस्थिरता र विपत्तीमै सम्भावना देख्ने व्यक्ति हुन् । यद्यपि अस्थिरताको ट्याग अझ बलियो बन्ने डरले कम्तिमा एक वर्ष यो सरकार टिकाउनुपर्ने दबाबमा उनी छन् । त्यसका लागि बाधा आए जुनसुकै कदम चाल्ने बाटोमा देखिएका उनले यहि सरकार बन्दा समेत नेपाल समाजवादी पार्टि फुटाईदिए भने नागरिक उन्मुक्ति पार्टि बुढाबुढिको झगडामा रुमलिरहेको छ । फलत ः एकीकृत समाजवादी नै उनले फुटाईदिन नसक्लान् र ? भन्ने प्रश्न समेत यसले उब्जाउँदा केन्द्रमा नपाए पनि प्रदेशमा पाउने भागमै कांग्रेस फकिन पनि सक्छ ।