अन्तर्राष्ट्रिय

ट्रम्पले बाइडेनलाई उछिने, मत सर्बेक्षणले यस्तो देखायो, कडा टक्कर, को बन्ला राष्ट्रपति ?


काठमाडौँ – अमेरिकामा ५ नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदै छ । यस पटक पनि जो बाईडेन र डोनाल्ड ट्रम्प प्रतिस्पर्धा गर्दैछन् । चुनाव नजिकिएसंगै राष्ट्रपतिमा कसले बाजी मार्लान भन्ने चासो बढेको छ।
शक्तिराष्ट अमेरिका राष्ट्रपति निर्वाचनको समुखमा छ । ४६ औं राष्ट्रपतिको रुपमा रहेका जो बाईडेनको कार्यकाल सकिने चरणमा रहेकाले नयाँ राष्टपतिका लागि आगामी नोभेम्बरमा चुनाव हुन लागेको हो । यद्यपी निर्वाचनमा फेरि बर्तमान राष्ट्रपति बाईडेन र पूर्व राष्ट्रपति ट्रम्पबीचनै प्रतिस्पर्धा हुने भएको छ । बाइडेन र ट्रम्पले आ–आफ्नो दलको प्राथमिक चुनाव यस अघि नै जितेका छन् । जसले यस वर्ष नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा यी दुई नेताबीच पुनः भिडन्त हुने पक्कापकी भएको हो ।
दुवै नेता आ–आफ्ना दलका सम्भावित उम्मेदवार हुन् । ७७ वर्षीय ट्रम्प र ८१ वर्षीय बाइडनको चुनावी प्रतिस्प्रधा नजकिएसंगै कस्को पल्लाभारी होला भन्ने बहस छेडिन थालेको छ । बहस मात्रै हैन यतिबेला कस्ले जित्लान् भन्ने सर्वेक्षण समेत सुरु थालेको छ ।
पछिल्लो पटक न्युयोर्क टाइम्सले गरेको नयाँ सर्वेक्षण अनुसार सुरुवात र अहिले फरक देखिएको छ । राष्ट्रपति निर्वाचनको मिति नजिकिएसंगै अमेरिकी जनताको रुची पनि परिवर्तन हुँदै गइरहेको सर्वेक्षणले देखाएको छ। सर्भेक्षणले दुई महिनाअघि बाइडेन र डोनाल्ड ट्रम्पबीच पाँच प्रतिशतको अन्तर देखाएको थियो । तर अहिले त्यो मतान्तर घटेर १ प्रतिशतमा झरेका छ। नयाँ सर्भेक्षण अनुसार यी दुई शत्तिशाली बीच कडा टक्कर हुने छाट देखिएको छ।डिजिटल डेस्क, न्यूयोर्क देशको दिशा, अर्थतन्त्र र बाइडेनको उमेरबारे शंका भए पनि जनताको रुची भने उनिप्रतिनै देखिएको छ । चुनावअघि शक्तिमा रहेका राष्ट्रपति जो बाइडेनको लोकप्रियता बढेको छ । न्युयोर्क टाइम्स र सिएना पोलले गरेको सर्वेक्षणले यस्तो देखाएको हो ।

यो सर्वेक्षणका अनुसार दुई महिनाअघि फेब्रुअरीमा सर्वेक्षण गर्दा दुईनेताबीच ५ प्रतिशतको अन्तर थियो । जुन अहिले एक प्रतिशत मात्रै घटेको छ । सर्वेक्षणमा जनतालाई सोधिएको थियो कि यदि आज राष्ट्रपतिको निर्वाचन भयो भने तपाई कसलाई भोट दिनुहुन्छ ? फेब्रुअरीमा, ४८ प्रतिशत अमेरिकी मतदाताहरूले ट्रम्पलाई समर्थन गरेका थिए भने ४३ प्रतिशत बाईडेनको पक्षमा उभिएका थिए । तर पछिलो नयाँ सर्भेक्षणमा ४६ प्रतिशतले टम्पको पक्ष लिदा बाईडेन ४५ प्रतिशतमा उक्लिएका छन् । अर्थात उनिहरुबीच १ प्रतिशतको फरक छ ।यो चुनाव ५ नोभेम्ब २०२४ मा हुनेछ । मतदाताले चार वर्षको लागि राष्ट्रपति र उपराष्ट्रपतिका लागि निर्वाचनमा मतदान गर्नेछन् । वर्तमान राष्ट्रपति जो बाइडेन, डेमोक्रेटिक पार्टीका सदस्य, पुनः चुनाव लडिरहेका छन् भने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट लगातार दोस्रो कार्यकालको लागि चुनाव लड्दै छन् ।