Breaking

यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु


काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (यूएई)मा आएको बाढीमा परेर एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परेर मृत्यु भएको हो ।

यूएईको शारजाहबाट अजमान जाने बाटोमा रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासको भनाइ छ । यूएईमा तीन दिनदेखि परेको वर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण यूएईका सरकारी कार्यालय बन्द रहेको दूतावासले जानकारी दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासको भनाइ छ । पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ ।