Breaking

मुख्यमन्त्री कार्कीलाई मार्ग प्रशस्त गर्न एमाले-माओेवादीको आग्रह


काठमाडौँ – मुख्यमन्त्री केदार कार्कीलाई निर्देशन दिनका लागि संकल्प प्रस्ताव पेश गरेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताएका छन् ।

बिहीबार प्रदेशसभाको बैठकमा संकल्प प्रस्ताव पेश गर्दै उनले अल्पमतमा परेका मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्नका लागि निर्देशन दिन संकल्प प्रस्ताव पेश गरेको बताए ।
‘अल्पमतमा परेपछि स्वभाविक रुपमा शासन गर्ने संवैधानिक अधिकार हुँदैन्, उनले भने, ‘मुख्यमन्त्रीले उपधारा ५ अनुसार गठन भएका कारण विश्वासको मत लिन्न राजीनामा दिन्न भन्नू भएको छ, १८८ ‘२’ अनुसार विश्वासको मत परीक्षण गर्नुपर्छ ।’

संसदीय प्रणालीको आधार र सिद्धान्त बहुमत गुमाएपछि अल्पतमा परेपछि प्रतिपक्ष बस्नु पर्ने बताउदै उनले संसदको सर्वोच्चलाई बुझेर अल्पमतमा परेका मुख्यमन्त्रीले मार्ग प्रसस्त गर्नु पर्ने बताए ।