Breaking

अनेरास्ववियु त्रिवि जिल्ला कमिटीको ५१ सदस्यीय सर्वसम्मत निर्वाचित


काठमाडौँ – नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको त्रिवि जिल्ला कमिटी गठन भएको छ। सिद्धान्त भट्टको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो।
चैत २८ गते सम्पन्न २० औं सम्मेलनबाट ५१ सदस्यीय कमिटी सर्वसम्मत रूपमा निर्वाचित भएको हो ।

त्रिवि कमिटीको अध्यक्षमा सिद्धान्त भट्ट, उपाध्यक्षहरुमा बालकृष्ण ओली, नवराज भुसाल , सन्चमाया सुब्बा निर्वाचित भएका छन् । यस्तै सचिवमा हिक्मत कुमार बुढा ,र सह-सचिवमा अमृत पन्थी, कल्पना खतिवडा, सौगात अधिकारी निर्वाचित भएका छन् । साथै कोषाध्यक्ष हृदय प्रसाद सापकोटा लगायत ५१ जना सस्दय निर्वाचित भएका छन् ।