अन्तर्राष्ट्रिय

युद्धदेखि इजरायल र इरान नै डराए, धम्कीको होडबाजी, अमेरिका पनि पछि हट्यो (भिडियोसहित)


काठमाडौँ— इजरायल र हमासबीच चलिरहेको युद्धमा इरान पनि ले संकटग्रस्त पश्चिम एसिया थप तनावमा फसेको छ । इरान–इजरायलबीच द्वन्द्व बढे मध्यपूर्वमा भयानक युद्ध निम्त्याउने भय कायम छ ।

इजरायल–हमास युद्ध अझै रोकिएको छैन । विगत सात महिनादेखि इजरायल हमासले एक अर्का विरुद्धको हमला जारी राखेका छन् । इजरायल–हमासबीचको बमबारीले तनावग्रस्त मध्यपूर्वमा इरान जोडिएपछि यो क्षेत्रमा भयानक युद्ध निम्त्याउने भय बढ्दो छ । इजरायल हमास युद्धमा हमासको समर्थनमा रहेको इरानमा अप्रिल १ मा दमास्कसस्थित इरानी महावाणिज्य दूतावासमा हमला भयो । उक्त हमलामा इरानका दुई वरिष्ठ सैन्य कमान्डर सहित १६ जना मारिए । हमला लगत्तै इरानले आक्रमणको जिम्मेवारी इजरायललाई दिएन्न मात्र गत शनिवार जवाफी कारबाहीमै उत्रिए ।

इरानले इजरायलमाथि तीन सयभन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो । उक्त आक्रमणपछि यस क्षेत्रमा तनाव बढे पनि फेरी आक्रमण भएको छैन तर इजरायलले जवाफी आक्रमण गर्छ या गर्दैन, इरानले थप आक्रमण गर्छ या गर्दैन पर्ख र हेरको अवस्थामा छ । अमेरिका सहित पश्चिमा मुलुकहरुको दरिलो साथ पाएको इजरायल त्यत्तिकै चुुप बस्ने देखिँदैन । अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायलको सुरक्षा गर्ने वचन दोहो¥याई रहेका छन् । अहिले इजरायल इरानको आक्रमणलाई सामान्य भएको सन्देश दिईरहेको छ । तत्काल इरानको हमलाले गाजाको विषय ओझेलमा पारेका कारण इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू अनुकुल समयको प्रतिक्षामा छन । इजरायल इरानविरुद्ध आफूले उपयुक्त ठानेको समयमा र आफ्नै तरिकाले जबाफ दिने तयारीमा देखिन्छ । यता शनिवार जवाफी हमला गरेर आफ्नो शक्ति देखाएको इरानले इजरायललाई धम्की दिन छाडेका छैन । बुधवार तेहरानमा आयोजित कार्यक्रममा बोल्दै इरानका राष्ट्रपति इब्राहिम रैसीले इरानमाथीको अति सानो आक्रमणलाई गम्भिर रुपमा लिने चेतावनी दिएका छन् । इजरायलमा हमला गरेपछि आफ्नो सबै आणविक केन्द्र बन्द गरेर बसेको इरानलाई रकेट र क्षेप्यास्त्रहरू भएका लेबननको लडाकु तथा राजनीतिक समूह हिज्बुल्लाह सबैभन्दा बलियो साझेदारको रुपमा हेरिएको छ ।