Breaking

सहकारीमा डामिएका रविको प्रमाणै–प्रमाण, बयानदेखि मुद्धामै गृहको हस्तक्षेप, ओलीले नबोक्ने संकेत


काठमाडौँ – सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता नै प्रहरीले पुष्टि गरेको छ । तर, सत्ता र शक्तिको आडमा अभियोजनको प्रकृयामा भने नाम नै मेटाइएको छ , अँझैपनि लामिछानेले आफूलाई मन्त्री पदमा बस्न योग्य नै मानेका छन् । यसले वैकल्पिक राजनीतिको सपनामै प्रश्न जन्माएको छ ।


रवि हुन कि जीवी अब मापदण्ड तय गरेर तुलोमा हाल्ने हो भने कोही घटिबेसी नदेखिने भएकाछन् दशर्कबृन्द । बरु राणाकालमा सामान्य नैतिकता देखिन्थ्यो होला तर गणतन्त्रमा नयाँ भनि उदाएका नेताहरुमा खडेरी देखा प¥यो ।
बिगतमा दोहोरो नागरिकता र दोहोरो राहादानी बोकेर हिंडेका रवि लामिछाने अहिले सहकारी ठगीमा जेडिएका छन् । नागरिकताको मु्द्दा सुल्झिए पनि राहदानीको मुद्दा सत्ता टिकाउन प्रधानमन्त्रीको निर्देशनमा महान्यायाधीवक्ताले लक्कर हालेर राखेकाछन् ।

फलतः सत्ताको आडमा रविले एकपछि अर्को बदमासी ढाकछोप गरेको तथ्यहरु क्रमिक रुपमा उजागर हुदै गएको छ। पछिलो समय रविले सुप्रिम रहकारीको करिव २ करोड रकम अपचलन गरेको प्रमाण प्रहरी अनुसनधानले नै देखाएकोे छ । रविको बदमासीको विषयमा दुरदर्शि देखिएको कांग्रेसले छानविनको माग सहित पटक पटक राजीनामा माग्दा रवि डेग चलेकाछैनन् ।


सत्तामा भएकै बेला सहकारी ठगीकोे श्रृखल्ला सार्वजनिक हुँदा पनि रवि टासो लागेर बस्नुले उनिमाथि नैतिक प्रश्न मात्रै उठाएको छैन, लाजले पनि कुरीकुरी भन्न थालेको छ,। पोखरामा प्रहरीले गरिरहेको अनुसनधान रवि गृहमन्त्री भएपछि रोकियो, प्रहरी प्रमुख बसन्त कुँवरले रवि चोखो रहेको वयान दिए, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठगीका कुनैपनि प्रमाण नरहेको भन्दै संसदमै न्यायाधीश बनेर क्लिन चिट दिए ।


टेलिभिजनकर्मी हुँदा, जनतालाई बालकोटमा रहेको केपी ओलीको घरमा ढुङगा हान्न उक्साउने उनकै संरक्षणमा अहिले ओली बा, छन् ।तर, प्रचण्ड ओलीको सत्ताको टालोले समेत लाज नछोपिने अवस्थामा रवि पुगेकाछन् ।

जनताले रविलाई भगवान बनाइदिएकाले भगवानले जे गरेपनि हुन्छ, भगवानले पनि ठगी गर्छन् र ? भन्ने भ्रम थियो । तर रुपन्देही प्रहरीको अनुसनधानले रवि पनि सहकारीको रकम अपचलनमा मतियार बनेको निश्कर्ष निकालेको छ ।प्रहरीको यो दस्ताबेजले कर्यकर्ताका भगवान रविलाई अहिले ऐठन परेको छ।

मेरो नागरिकता दुरुपयाग भएको हो, म कुनै सहकारीको वचतकर्ता, सदस्य र सञ्चालक नरेको उनको दाबी र २ घण्टा लामो पत्रकार सम्मेलनलाई चक्मा दिँदै प्रहरी अनुसन्धानले सहकारीको रकम हिनामिनामा संलग्नता पुष्टि गेरेको छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट उनका व्यवारिक साझेदार जीबी राई र रविले व्यक्तिगत र गोर्खा मिडियाका नाममा रकम अपचलन गरेको पुष्टि भएको छ । प्रहरीको अनुसन्धानले सुप्रिम सहकारीबाट मात्रै गोर्खा मिडिया नेटवर्कमा १३ करोड ६ लाख रुपैयाँ सारिएको र त्यसमध्ये गृहमन्त्री लामिछानेका नाममा २ करोड रकम प्रवाह भएको देखिएको छ । सागर केसी र कुमार रम्तेलले लामिछानेको एक एक किस्ता रकम तिरिदिएको देखिएको छ तर त्यो रकम पनि वचतकर्ताकै हो । अहिले रविलाई ऋण दिलाईदिने जीबी र पैँसा जम्मा गरिदिने राई फरार छन् भने रमतेल कास्की कारागारमा छन् । यहाँ अचम्मको कुरा त के छ भने तीनै जनालाई प्रतिवादी बनाईँदा वचतकर्ताको ऋण खाने गृहमन्त्री रवि लामिछानेलाई भने सत्ता र शक्तिको आडमा उन्मुक्ति दिइएको छ ।

सहकारी ठगी बारेको मुद्दा अभियोजनको प्रकृयामा गइसक्दा केन्द्रीय प्रहरीले नभेटेको प्रमाण जिल्लाले भेट्टाउनु, उनलाई ऋण उपलब्ध गराउने देखि किस्ता भरिदिनेसम्मका व्यक्तिहरु प्रहरीको अनुसन्धानमा पर्नु तर गृहमन्त्री भएकै कारण रविमाथि सामान्य सोधपुछ समेत नगरिनु झनै संकास्पद छ । त्यसमाथि रवि लामिछाने को हो भन्नेबारे जानकार नरहेको प्रहरीकै अभिव्यक्तिमा समेत शंका गर्ने प्रसस्त ठाउँ भेटिन्छन् । विकल्प र आशाको रुपमा हेरिएका नेता नै ठग करार हुन थालेपछि जनताले पनि जुन जोगी आएपनि कानै चिरिएको भन्न थालेकाछन् । आफुहरु पानी माथिको ओभानो बन्न रविमाथि छानविन गर्ने भए २०४७ साल यताकै नेताको सम्पत्ति छानविन गर्नु पर्ने रास्वपाको प्रस्तावले पनि बच्पना देखाउँछ । अहिले मान्छे मारेर हिजो मार्नेहरुलाई समाते मात्रै मलाई करवाही गर्न पाइन्छ भन्ने हठ रास्वपाले देखाइरहेको छ ।

अडियो टेप सार्वजनिक हुने वित्तिकै ७२ घण्टामै ढाकाकुमार श्रेष्ठको सांसद पद गयो । तर अहिले तीन महिनादेखि रविमाथी सहकारी ठगको आरोप लाग्दा समेत आन्तरिक कारवाहीको प्रयास आफैमाथि गर्न सकेका छैनन् । सीके राउत र रवि लामिछानेको पार्टी एकैपटक उदाएका हुन् । सीकेलाई मन्त्रालय खान त्यती रुची छैन । तर स्वार्थ बाझिने मन्त्रालय सहित सत्तामा जाने र आफ्नो मन्त्री पद खुस्एिकपछि अरुको पनि बाँकी नराख्ने रविको अवसरवादी सोचले पनि उनको व्यक्तित्वको मापन हुन्छ ।