Breaking

देउवाको बलमा ओली–प्रचण्ड खेलाउँदै माधव, भाग नदिए गठबन्धन फुटाउने, बैठकमा सधैँको बाझाबाझ


काठमाडौँ – प्रचण्ड–ओली नेतृत्वको गठबन्धन, निर्माण भएको महिना दिनमै संकट उन्मुख छ । सत्ता गठबन्धन निर्माणताका माधव भित्¥याउन प्रचण्डको हो मा हो थप्दै सबथोक गरेका ओली अहिले माधवको भाग खोस्नेदेखि माधव विरुद्ध विष बमनमा उत्रिएपछि प्रधानमन्त्री प्रचण्ड सकसमा छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ मा तेस्रो पटक अप्रत्याशित सत्ता उलटफेर गरेपछि पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, प्रचण्ड विरुद्ध सार्वजनिक रुपमै गालीगलौजमा उत्रिए ।

माधवलाई सुईको नदिई देउवालाई दोस्रो पटक धोका दिएर ओली कित्तामा पुगेका प्रचण्ड अपमान सहन नसक्ने माधवलाई मान दिन ओली नै मैदानमा उत्रिएपछि बल्लतल्ल फकाएर सत्ता साझेदार बनाउन सफल भए । माधवको नाम लिनासाथ मुख कुल्ला गर्छु भनेका ओली माधवसँग कुम जोड्न तयार भए । प्रचण्डको पछि लाग्दै जानी दुष्मन ओली माधवको दैलोमा पुगेपछि अझ भनौ प्रधानमन्त्री , मन्त्रीदेखि अनेक पदको आवश्वसन पाएपछि माधव पनि देउवालाई धोका दिएर ओली प्रचण्ड क्याम्पमा कमब्याक गरे । प्रचण्ड र ओलीको बोली फेरिएपछि अहिले फेरि माधव भड्किएकाछन् । फलत ः यसको बज्रपात प्रचण्डको सत्तामा पर्ने संकेत देखिएको छ।

न त राष्ट्रिय सभा, न प्रदेश, प्रधानमन्त्री त दुर कै कुरा, माधवले माग गर्दै आएकोे एकपछि अर्को पदमा ओली हावी भएपछि समाजवादी गठबन्धनसँग विच्किएको छ । माधवले प्रदेशबाट आफनो कित्ता फेर्ने सिग्नल दिएकाछन् । प्रचण्डले माधवको हरियोबत्तीमा देउवालाई छेकेर बाटो काट्न नसके रेड लाइटमा पुगेर राजनीतिक दुर्घटना हुने निश्चित छ । सरकार बनाउँदा माधवको मुकामा पुगेका ओलीले अहिले माधवले बाटो बदल्ने छनक देखाएपछि दक्षिणपन्थी अवसरवादको संज्ञा दिन थालेकाछन् ।

सहकार्य गरेको डेढ महिना नपुग्दै एमाले अध्यक्ष ओली र माधव नेपालबीच द्धन्द चर्किएको छ । ओली अब माधव फकाउने मुडमा भन्दा अवस्था अझ विगार्ने अभिव्यक्तिमै रमाईरहेका छन् । तर यसको मार धान खाने मुसो चोट पाउने भ्यागुतो भने जस्तै प्रतक्ष्य रुपमा प्रचण्डले खेप्नु पर्ने देखिन्छ । किन भने प्रचण्ड प्रधानमन्त्रीको हैसियतमा सरकारको राजकाजमा छन् । ओलीका लागि त भोलि कांग्रेससंगको बाटो पनि खुल्लै छ।

त्यसो भएमा प्रचण्ड राजनीतिक रुपमा घर न घाटको हुनेछन् ।
आफ्नो १५ महिने प्रधानमन्त्रीत्व काल विताउँदै गरेका प्रचण्डले तीन–तीन पटक सत्ता समिकरण फेरबदल गर्दा यी सबै सरकारमा माधवको पार्टी सहभागी छ । प्रचण्डको कुर्सी हठ र सत्ता दौडमा माधव अन्तत प्रचण्डमै समाहित हुँदै आएका छन । कम्युनिष्ट फुटको दोष ओलीलाई दिए पनि कतै न कतै एमाले फुटको हिस्सेदार बनेका प्रचण्डले माधव फकाउने जिम्मा नै लिएकाछन् भन्दै खासै फरक नपर्ला ।


प्रदेशबाट कित्ता फेर्नेै संकेत गरेपछि फेरि प्रचण्ड माधव फकाउन तिर लागेकाछन् ।मंगलबार एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग प्रचण्डले एक घण्टा वान, टु वान छलफल गरेकाछन् । तर पटक पटकको धोकाले आजित भएका माधव फर्कने मुडमा छैनन्

प्रधानमन्त्री एवंम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री समेत रहेका एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीचको सम्बन्ध धेरै पुरानो हो । तर तत्कालिन नेकपा माधव–प्रचण्ड सम्बन्धको महत्वपूर्ण कसी बन्यो । नेकपा विभाजन हुँदै एमालेभित्र विद्रोह गरेर पार्टी नै विभाजन गरेपछि माधव प्रचण्डको सम्बन्धको गाँठो थप कसिलो बन्यो । पार्टी नै एकता गर्ने विषय बहसमै छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सडकबाट सहयात्रा थालेका माधव प्रचण्ड संसद पुर्नस्थापना गर्न सफल भए यता सडकदेखि सदनसम्मै माधव–प्रचण्ड संधै एउटै डुङगामा छन् । जति नै भारी किन नहोस् प्रचण्डले माधव बोक्न र नगन्य धोकाधडी गरे पनि माधवले प्रचण्डलाई पत्याउन छाडेका छैन्न । जहाँ प्रचण्ड त्यहाँ माधव हुने राजनीतिक परिदृश्य परिवर्तन हुन्छ या केहि सौदावाजीमा फेरि कुरा मिल्छ पर्ख र हेरको अवस्थामा छ ।