Breaking

२७२ किलो गाँजासहित चालक प्रहरी नियन्त्रणमा


काठमाडौँ— रुपन्देहीको रोहिणी गाउँपालिका–१, स्थित हुलाकी सडकखण्डअन्तर्गत बाइपास इलाकाबाट २७२ किलो ३३ ग्राम गाँजासहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई विशेष सूचनाको आधारमा जाँच गर्दा उक्त परिमाणमा गाँजा भेटाएको थियो । चालकको सिटमाथि फल्स बटम बनाई लुकाइ छिपाई लैजाँदै गरेको गाँजा फेला पारेको हो ।

रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको कमानडमा खटिएको टोलीले गाँजा फेला पारेपछि कन्टेनर र चालक भारत घर भएका ३६ वर्षीय सतनम सिंहलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिइएका सिंहलाई बरामद गाँजा र कन्टेनरसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ ।