Breaking

प्रचण्ड र रविले ठाकुर मारे– राप्रपा, घण्टी बोकेर हिन्दुवादी मार्ने भन्दै ज्ञानेन्द्र शाही जंगिए


काठमाडौँ विभित्र कालखण्डमा हुँदै आएको राजनीतिक परिवर्तनमा आम नेपालीले ज्यान गुमाउँदै आईरहेका छन् । गणतन्त्र स्थापनापछि त्यसमा पूर्णविराम लाग्ने आशा गरिए पनि आन्दोलनका नाममा आहुती दिनेहरूको सङ्ख्यामा कमी आएको छैन । शक्तिका लागि राजनीति गर्ने नेताहरूको स्वार्थका कारण आम नागरिकले अझै पनि मृत्युवरण गरिरहनु परेको छ ।


राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २७ गते काठमाडौंमा गरेको जन प्रदर्शनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा सोमबार निधन भएको छ । राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष तथा पूर्व सैनिक समेत रहेका डाँगीलाई सोमबार पार्टी कार्यालय चाबहिलमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिई अन्तिम विदाई गरियो । राप्रपाले विभित्र ४० बुँदे माग राखेर काठमाडौं केन्द्रीत गरेको शान्तिपूर्ण जनप्रदर्शनमा पार्टीका तीन दर्जनभन्दा बढी कार्यकर्ता घाइते हुँदा चार जनाको जटील शल्यक्रिया गर्नु पर्ने अवस्थामा पुगेका थिए । जसमध्ये वीरेन्द्र सैनिक अस्पतालमा ७२ वर्षीय डाँगीको निधन भएको हो । उच्च रक्तचापको बिरामी समेत रहेका डाँगीको प्रदर्शनको क्रममा प्रहरीले हानेको अश्रुग्यास प्रहारबाट घाइते उनको टाउको र श्वासप्रश्वासमा समस्या देखिएको थियो । राज्यले बर्बरता पूर्वक गरेको दमनका कारण नै ज्यान गएको आरोप लगाएको राप्रपाले डाँगीलाई शहिद घोषणा गर्नु पर्ने माग राखेको छ ।

एक प्रजातान्त्रिक पार्टीले संविधान प्रदत्त अधिकार प्रयोग गरी शान्तिपूर्ण आन्दोलन गर्दापनि राज्यले नागरिकको हत्या गरेको आरोप राप्रपाले लगाएको छ । नागरिकके निर्ममता पूर्वक हत्या गरेको राज्यका यस्ता कुकर्मले सत्तामा रहेकाहरू निरङ्कुशताको बाटोतर्फ उन्मुख हुन खोजेको निष्कर्ष राप्रपाले निकालेको छ । त्यसमाथि लाखौँको आशाको केन्द्र बनेका गृहमन्त्री रवि लामिछानेमा अहङ्कार बढ्दै जाँदा एक नेपालीले ज्यान गुमाउनु परेकोमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीको आक्रोश छ । गृहमन्त्री लामिछाने प्रचण्डको कार्यकर्ता हुँदै जेठा छोरा समेत हुन खोजेको भन्दै शाहीले अब थरमा पनि लामिछाने छोडेर दाहाल लेख्न सुझाएका छन् ।

ठाकुरको मृत्यु अब मृत्युमा मात्रैसीमित नबने संकेत रप्रपाले गरेको छ । डाँगीले देशका लागि दिएको बलिदान त्यसै खेर नजाने भन्दै उनको मृत्यु राजनीतिक मुद्दा बत्रे निश्चित छ । नागरिकको ज्यान लिनेहरू धेरै दिन सत्तामा टिकिरहन नसक्ने इतिहास रहेको नेपालमा सत्ताको हुङ्कार गर्नेहरूको अन्त्यको दिन नजिकिएको राप्रपाले बुझाई छ । आज एक जनाले ज्यान गुमाए पनि व्यवस्था फाल्न र हिन्दुराष्ट्र कायम गर्न लागि परेका डाँगीको राज्यले ज्यान लिँदा यो एजेण्डाबाट लाखौँ नेपाली पछि नहट्ने महामन्त्री राजेन्द्र गुरूङको बुझाइ छ । नागरिकलाई मारेर सत्ताको अवधि लम्याउन खोज्नु मुर्खता मात्र रहेको बताउने गुरूङ सरकारले जतिसुकै दमन गरे पनि त्यसको सामना गर्न तयार रहेको बताउँछन् ।

राणा शासन फालेर प्रजातन्त्र ल्याउन होस् वा राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको स्थापना गर्न नै किन नहोस् । प्रत्येक आन्दोलनमा नेपालीले आफ्नो ज्यान गुमाईरहनु परेको छ । १७ हजार पछि पूर्णविराम लाग्ने आश गरिए पनि यसमा थपिने क्रम जारी छ । देशमा जे जस्तै परिवर्तन आए पनि नेपालीले ज्यान गुमाइरहने परिपार्टी भने अन्त्य हुन सकेको छैन । साढेको जुधाईंमा बाच्छाको मिचाईँ भनेझंै शक्तिभोगी नेताहरूको स्वार्थको लडाईमा आम नेपाली पिल्सिरहेका छन् । व्यवस्था र अवस्था परिवर्तनको भाष्य लडाएर संघर्ष गर्ने शाशकहरुले नेपालीको वलीदानलाई सत्तामा पुग्ने सिँढी कहिलेसम्म बनाउने ?