अन्तर्राष्ट्रिय

इरान–इजरायल युद्ध भयानक मोडमा, हतियार र सेनामा को–कति शक्तिशाली ? अमेरिका पछि हट्यो


काठमाडौँ – इजरायल र प्यालेस्टइनी समूह हमासबीचको युद्ध जारी रहेकै बेला मध्यश्चिमा देशहरु युद्धको संघारमा पुगेका छन् । इरानले इजराइलमाथि आक्रमण गरेसँगै बदला र जवाफी हमलाको क्रम रोकिएको छैन ।
पश्चिम एसियामा इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीचको युद्ध जारी रहेकै बेला इरान र इजराईल आमनेसामने भएका छन् । इरानले आइतबार बिहान इजरायलमाथि ठुलोमात्रामा प्रत्यक्षड्रोन र क्रुज मिसाइल प्रहार गरेपछि पश्चिम एसिया भयंकर युद्धमा लपेटिने सम्भावना बढेको विश्लेषण भइरहेको छ । आईतबारको आक्रमणपछि इरान,इजराईल एकअर्कालाई सक्ने रणनीतिमा उत्रिएका छन् । यसअघि अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी वाणिज्य दूतावासमा हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको थियो ।


आक्रमणपछि विश्वका शक्तिशाली देशहरुले चासो देखाइरहेका छन् । केही दिनअघि इजरायललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको अमेरिकाले इजरायलका कुनैपनि जवाफी हमलामा आफू सहभागी नहुने घोषणा गरेको छ ।यता, बेलायतले भने इरानतर्फको सहानुभूती कायम राख्दै इरानले “दोहोरो पराजय“ भोगेको बताएका छन् ।
दुबै देशले बदला भाव राखिरहदा सेना र हतियारलाई लिएर कुन शक्तिशाली भन्ने चासो बढेको छ । ब्रिटेनको थिंक ट्यांक इन्टरनेशनल इंस्टिट्यूट फर स्ट्राटेजिक स्टडिजका अनुसार इरानमा झन्डै पाँचलाख २३ हजार सक्रिय सैनिक छन् । यसका साथै इरानसँग रिभोल्युसनरी गार्ड्सका २० हजार नौ सैनिक पनि छन् ।इरानी सैन्य शक्तिको प्रमुख हिस्सा मिसाइल नै हो । अमेरिकाको रक्षा विभागले पनि मध्य पूर्वी देशहरुमध्ये इरानको मिसाइल शक्ति सबैभन्दा बढी रहेको स्वीकार गरिसकेको छ ।सेनाको शक्तिका हिसावले इरान संसारका १४५ मुलुकमध्ये इरान १४औँ स्थानमा छ भने इजरायल १७औँ स्थानमा छ । यस हिसाबले पनि यी दुई मुलुकबीच शक्तिको हिसाबले खासै अन्तर छैन ।

जनसंख्याका हिसावले इरानमा ८ करोड र इजरायलमा करिब ९० लाख मात्र रहदा इराज इजरायलभन्दा नीकै माथि छ । इरानसँग सेनाको फोर्समा काम गर्न सक्ने जनसंख्या ४.११ करोड रहदा इजरायलसँग ३१.५६ लाख मात्र छ ।यस्तै इरानसँग ११.८० लाख सेना रहेदा इजरायलसँग ६.७० लाख मात्र छ । इरानको रिजर्भ फोर्सको संख्या ३.५० लाख रहदा इजरायलको भने ४.६५ लाख छ ।


इरानसँग २.२० लाख प्यारामिलिट्री फोर्स हुँदा इजरायलसँग ३५ हजार मात्र छ । इरानसँग वायु सेना ४२ हजार छ रहदा इजरायलसँग ८९ हजार मात्रै छन् । इरानसँग जलसेनाको संख्या १८ हजार पाँच सय रहदा इजरायलसँग भने १९ हजार ५ सय मात्रै छ । इरानसँग ५५१ रिजर्भ एरक्राफ्ट र ३५८ एक्टिभ एयकरक्राफ्ट छन् । यस्तै इजरायलसँग ६१२ रिजर्भ र ४९० एक्टिभ एयरक्राफ्ट छन् ।यस्तै इरानसँग १८६ फाइटर जेट छन् भने इजरायलसँग २४१ फाइटर जेट छन् ।
यी सबै तथ्यांक हेर्दासैन्य क्षमतामा इरान इजरायलमाथि हाबी देखिए पनि हवाई शक्तिमा इजरायल निकै अगाडि छ । यति मात्र होइन, इजरायलको पक्षमा संसारकै शक्तिशाली मुलुक अमेरिका, बेलायत र फ्रान्स छन् । तर, इरानको समर्थन खुला रुपमा कसैले पनि गरेका छैनन् । तर, इरानको पक्षमा लड्ने लडाकुहरू विभिन्न देशमा छन् । त्यसमाथि बढ्दो अणविक शक्तिको होडले अर्को विश्वयुद्धको सम्भावना समेत बढेको छ ।