Breaking

मोनालिशा खम्बू नेपालकै पहिलो महिला इन्टरनेसनल आर्बिटर


काठमाडौँ – हिमालयन चेस एकेडेमी ९एचसीए० की अध्यक्ष मोनालिशा खम्बू इन्टरनेसनल आर्बिटर (आईए) बन्ने पहिलो नेपाली महिला भएकी छन् ।

नेपाल बुद्धिचाल महासंघ ९एनसीएफ० की उपमहासचिवसमेत रहेकी खम्बूलाई अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघको अप्रिल ८ देखि १३ सम्म भएको काउन्सिलको पूर्ण बैठकले आईए बनाउने निर्णय गरेको हो ।

पहिलो महिला राष्ट्रिय खम्बूलाई फिडेको मान्यता प्राप्त चार प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको मापदण्ड पूरा गरेपछि काउन्सिल बैठकले आईए बनाउने निर्णय गरेको हो ।

सन् २०१३ मा फिडे आर्बिटर भएकी उनले फिडे वल्र्ड जुनियर चेस च्याम्पियनसिप २०१९ ९नयाँ दिल्ली०, एसियन एमेच्योर चेस च्याम्पियनसिप २०१९ (काठमाडौं), ४४ औं चेस ओलम्पियाड २०२२ र एसियन ओपन चेस टुर्नामेन्ट २०२३ (हेटौंडा)मा आबिर्टरको भूमिका निर्वाह गर्दै आईएको मापदण्ड पूरा गरेकी थिइन् । उनी चेसको महाकुम्भ ओलम्पियाडमा आर्बिटरको जिम्मेवारी निर्वाह गर्ने पहिलो नेपाली महिला हुन् । विश्व विश्व बुद्धिचालमा रेफ्रिरनिर्णायकका लागि सबभन्दा ठूलो टाइटल हो–आईए ।

वि.सं.२०६५ र २०७३ सालमा राष्ट्रिय च्याम्पियन भएकी खम्बूको नाममा सबभन्दा उच्च १८७७ फिडे रेटिङमा पुगेको नेपाली महिलाको रेकर्ड पनि छ ।