Breaking

‘सुदूरपश्चिममा जे भइरहेको छ, त्यसलाई केन्द्रले सच्याउनुपर्छ’


काठमाडौँ – केन्द्रमा एमाले-माओवादीसहितको सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने नेपाली कांग्रेस र नाउपाको रेशम चौधरी पक्षसँग सहकार्यको हात फैलाएको छ । एकीकृत समाजवादीको यो कदमले राजनीति तरंगित भएको छ ।

नेकपा एकीकृत समाजवादीले यस्तो निर्णय किन गर्यो भन्ने चासो पनि छ । यसको कारणबारे नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरुलाई दिने भनेर केन्द्रमा भएको सहमति कार्यान्वयन नहुँदाको देखिएको असन्तुष्टिको परिणाम मान्छन् ।
उनी यसलाई सच्याउन केन्द्रबाटै पहल हुनुपर्ने र दुई दिनभित्र समस्याको समाधान हुने विश्वासमा समेत छन् ।