Breaking

काँग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको ओलीको आरोप


काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाए ।

आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताएकाहुन् ।

उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरुप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको बताए । हिउँदे अधिवेशन अन्त्यको सन्दर्भमा नेपाली काँग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको आरोप छ ।

अध्यक्ष ओलीले प्रतिनिधि सभाबाट विधेयक पारित गर्न अघिल्लो सरकारले ध्यानै नदिएको बताए ।