Breaking

प्रतिनिधि सभाको चालु अधिवेशन आज रातिबाट अन्त्य हुदैँ


काठमाडौं । प्रतिनिधि सभाको चालु अधिवेशन (तेस्रो अधिवेशन) आज) राति १२ बजेबाट अन्त्य हुने भएको छ ।

सभामुख देवराज घिमिरेले आईतवार बसेको प्रतिनिधि सभा बैठकले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द पौडेलले पठाएको पत्र पढेर सुनाउँदै सो अधिवेशनमा अन्त्य हुने औपचारिक जानकारी गराए । चैत्र ३० गते बसेको मन्त्रीपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसैबीच सभामुख घिमिरेले संसदको हिउँदे अधिवेशनमा कानुन निर्माण र जनसरोकारका मुद्दा मुखरित गर्ने कार्य पर्याप्त नभएको बताए ।

बैठकमा हिउँदे अधिवेशनमा (तेस्रो अधिवेशन) कानून निर्माण र जनताको मुद्दालाई सम्बोधन गर्ने विषयमा विगतका दुईवटा अधिवेशनभन्दा तुलनात्मक रुपमा उपलब्धिपूर्ण रहेको आफूले ठाने पनि पर्याप्त नभएको स्वीकार गरेकाछन् ।