अपराध

एनआइसी एसिया बैंकको मुगुको शाखामा तोडफोड


मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरा फुटेजमा देखिएको छ ।

अपरिचित ति व्यक्तीले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डको जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ । ति व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बैंकको ढोका फोर्ने र जुत्ता खुकुरी चोर्ने बाहेक अन्य कुनै क्षति नभएको जनाएको छ ।