Breaking

ज्योतिषको अनौठो भविष्यबाणी, पूर्वराजादेखि प्रचण्डसम्मको कुण्डली, निरंकुशलाई राजयोग, अर्थतन्त्रमा संकट (भिडियोसहित)


काठमाडौँ— हिन्दु पञ्जांगमा आधारित नेपालको राष्ट्रिय पात्रो विक्रम सम्वत २०८० लाई बिदा गर्दै आज मध्यरातिदेखि नयाँ वर्ष २०८१ मा प्रवेश हुँदैछ । नयाँ वर्षमा प्रवेश गर्दै गर्दा पुराना कुरालाई बिर्सदै नयाँ जोशका साथ नयाँ कार्यको थालनी तथा नयाँ अठोट लिने गरिन्छ । यसरी नयाँ संकल्प लिँदै गर्दा अधिकांश व्यक्तिहरुले ज्योतिष शास्त्रलाई पनि विश्वास गर्ने गर्दछन् । नयाँ वर्ष २०८१ साल ज्योतिष शास्त्रअनुसार कस्तो रहँला ?

व्यक्तिगत, पारिवारिक, सामाजिक रुपमा मात्र नभई राजनीतिक रुपमासमेत नयाँ वर्ष कस्तो रहला ? न्योतिष शास्त्रअनुसार आफ्नो ग्रह दश, भविष्य फलमा धेरैको चासो रहने गर्छ । हरेक वर्ष नेपाल पञ्चाङ्ग निर्णायक समितिको स्वीकृतिमा पात्रोहरु प्रकाशन हुने गर्दछन् । यसरी प्रकाशित हुने पात्रोअनुसार पनि ज्योतिष भविष्यवाणी गर्ने गरिन्छ । ज्योतिष शास्त्रका ज्ञाताहरुले भविष्यवाणी गर्ने गर्दछन् । यसमा हरेक व्यक्तिको चासो रहने गर्दछ । नयाँ वर्ष २०८१ लाई लिएर पन्डित तथा ज्योतिषहरुले विभिन्न कोणबाट भविष्यवाणी गरेका छन् । नयाँ वर्ष २०८१ साल कालयुक्त नामको संवत्सर रहेको उनीहरुले बताएका छन् ।

साथै २०८१ सालमा राजा मङ्गल ग्रह र मन्त्री शनि ग्रह रहेको ज्योतिष शास्त्रले देखाएको छ । मंगल र शनिको संयोजन आफैँमा शुभ मानिदैन । संक्रान्ति शनिबार परेकाले पनि महामारी देखा पर्ने, अशुभ फलदायी सङ्क्रान्तिको बारका कारण उत्पादित सबै वस्तुहरूको नोक्सानी बढ्ने तथा शनि र मंगल बलियो बन्द यो वर्ष द्वन्द्व बढ्ने ज्योतिष शास्त्रीहरुले बताएका छन् । यही ग्रह गोचरणीय प्रभावले आगलागी, दुर्घटना बढ्ने, वैवाहिक सम्बन्धहरु छुटिनेलगायतका घटना बढ्ने जनाइएको छ ।

२०८१ मा राजनीतिक क्षेत्रमा उतारचढावको स्थिति देखा पर्नेछ । राजनीतिक क्षेत्रमा विश्वासको सङ्कट देखा पर्ने जनाइएको छ । खाद्यान्नको मूल्य सामान्य रहने र फलफूल तथा तरकारीको मूल्य अत्यधिक वृद्धि हुने ज्योतिष शास्त्रका जानकार बताउँछन् । नयाँ वर्षको भविष्यवाणी औसत रहे पनि साम्प्रदायिक तनाव केही स्थानमा देखा पर्नेछ । पश्चिमी क्षेत्रमा अशान्ति बढ्नेछ । साथै तापमान बढ्नाले जनजीवन कष्टदायी रहने देखिएको छ । पशुचौपायामा रोगका कारण हानी पुग्नेछ । आँधीहुरी र अग्निभय बढ्ने पनि ज्योतिष शास्त्रीहरुको भविष्यवाणी छ । हुरी बताससहितको वर्षाले पनि केही स्थानमा क्षति पुग्ने सम्भावना छ ।