Breaking

रवि गृहमा हाईहाई, माइतिघरदेखि ठमेलसम्मै खुला, सहकारीको कालो टिका बदनामीको विल्ला (भिडियोसहित)


काठमाडौँ— सरकार गठन वा विस्तार गर्दा दलहरुबीच भागवण्डामासंधै खोसाखोस हुने मन्त्रालय हो गृहमन्त्रालय । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समिकरण फेरेपछि हानथाप गरेरै दोस्रो पटक गृहमा फर्किए रवि लामिछाने । सहकारी ठगी प्रकरणमा विवादकाबीच गृह मन्त्रालयमा फर्किएका रविले छोटो समयमै भीआईपीहरुलाई कानुनी कठघरामा ल्याए । तर आफ्नो बचाउमा कानुनी प्रक्रिया पन्छाएर राजनीतिक बाटो रोज्दा थप संकट थपिरहेको मात्र छैन रवि र गृहको गतिलो निर्णय समेत ओझेलमा परेको छ ।

शिरमा चट्ट ढाका टोपी शरीरमा सर्लक्क दौरा सुरुवाल सुटमा ठाटिएर सडकमा सवार सर्वसाधरणलाई रोक्दै लड्डु बाँड्ने व्यक्ति को होलान् ? यहाँहरु सबैले चिन्नु नै भयो होला । कोहि झुक्किनु भयो भने उनी हुन् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने । शनिवार एका विहानै गृहमन्त्री लड्डु बोकेर काठमाडौंको थापाथलीस्थित सडकमा प्रहरी र सर्वसाधारणहरुसँग नयाँ वर्षको खुशीयाली साटासाट गरिहेका थिए ।पहिलो पटक गृहमन्त्री हुँदा त्रिभुवन विमानस्थलको धावनमार्ग जाने क्रममा भिआईपी सुविधा नलिई सर्वसाधरणसँग बसमा यात्रा गरेर चर्चा बटुलेका रवि दोस्रो पटक गृहमन्त्री बनेपछि सर्वसाधरणलाई लडडु बाँड्न सडकमा पुगेका हुन् । नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने उनको भनाई छ ।

नयाँ वर्षको अवसरमा गृहमन्त्री लामिछानेले निषेधित क्षेत्र खुला गरेर ढिलै भएपनि नागरिकलाई एउटा खुसियाली उपहार दिएका छन । गृहले काठमाडौं शहरलाई चलायमान र क्रियाशिल बनाउन पर्यटकिय गन्तव्य ठमेल दरवारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यो निर्णयलाई पनि स्वागत योग्य भनिएको छ । युवा जोश र केही गर्ने हुटहुटी भएका रविले यो विचमा आफ्नो कामको रफतार बढाउँदा भिआइपीहरु कोही खोरमा जाकिए भने केही कानुनको परिबन्धमा घुडा टेक्न बाध्य भए । अनुभव सहित दोस्रो पटक गृहमा फर्किएका रविले गृहमन्त्री बन्न साथ सुन तस्करी जाँचबुझ प्रतिवेदन कार्यन्वयन गर्दै पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दिपेश पुनको पक्राउ, पुर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराको पक्राउदेखि बाँसबारी जग्गा हिनामिना प्रकरणमा विनोद चौधरीको बयान लिने सम्मको ताकत देखाए ।

केहि दिन अघि मात्र ज्यानमारा मुद्धामा फरार प्रधानमन्त्ती प्रचण्डका पिएसओ भई सकेका माओवादी नेता काली बहादुर खामको पक्राउ सामान्य विषय थिएन । लामो समयदेखि सडक संघर्षमा रहेका मिटरव्याजी पीडित लघुवित्त पीडितहरुलाई सहमति गरेर घर फिर्ता पठाउन रवि एकहदसम्म सफल भए । यद्यपी लघुवित र मिटरव्याज पिडीतको समस्या पूर्ण रुपमा समाधान भएको छैन ।। रविको नेतृत्वमा गृह प्रशासनको पछिल्लो हरेक कदम महत्वपूर्ण मान्न सकिन्छ । सुशासनका सवालमा उनको प्रयास प्रशंसा गर्न लायक छन । तर विडम्बन वाह वाई हुनु पर्ने गृहमन्त्री रवि लामिछाने सडकदेखि सदनम्म प्रतिपक्षको लखेटाईमा पर्दै आएका छन । आफुमाथी लागेको सहकारी प्रकरणलाई कानुनी प्रक्रिया मार्फत सुल्झाउनको सट्टा यसलाई राजनीतिकरण गरिँदा अवस्था झन झन पेचिलो बन्दै गएको छ । ठुला भीआईपीहरुलाई धामधम कानुनी कठघरामा ल्याए पनि सबैको चासोमा रहेको आफ्ना पूर्व विजनेस पार्टनर जीवि राईलाई जोगाउँदा रवि झनै पेलानमा परेका छन । पहिले जाहेरी नै लिएर अनुसन्धान थालेको आफ्नो मातहतमा रहेको प्रहरी संगठनलाई संसदीय समितिमा बोलाएर सफाई दिन लगाएपछि विषय थप उछालिएको छ । गृहमन्त्री रविले सत्तारुढ दलका शीर्ष नेतृत्व प्रधानमन्त्ती प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई समेत सरकार छाड्ने धम्कि दिएर आफ्नो बसमा पारेका छन । फलत ओली प्रचण्ड रविका लागि रक्षात्मक बन्दै आएका छन ।

गृहमन्त्री रवि लामिछाने आफुमाथी लागेको दाग सफा गर्न कानुनी बाटो रोज्नको सट्टा आफुमाथी लागेको दागलाई राजनीतिक दाउपेच र सौदावाजीमा परिणत गर्दा अपजसको भारी बोक्न बाध्य छन । यसअघि राहदानी र नागरिकता विवादले सत्ताच्यूत भएका रविका लागि अहिले सहकारी प्करण निल्नु र ओकल्नु बनेको छ ।