Breaking

दीपेन्द्रले हाने ६ बलमा ६ छक्का


काठमाडौँ— दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेका छन्।

दीपेन्द्रले २०औँ ओभरमा कमरान खानको ओभरमा ६ छक्का प्रहार गरेका हुन्। दीपेन्द्रले एशियाडमा मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए।

उनी एकै ओभरमा ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।