Breaking

आजबाट काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म लगाइएको निषेधाज्ञा हट्या


सरकारले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म लगाएको निषेधाज्ञा हटाएको छ ।

सुरक्षा समितिको शुक्रबार बसेको बैठकले आजदेखि लागू हुने गरी माइतीघर मण्डलदेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधाज्ञा हटाउने निर्णय गरेको हो । गत फागुनदेखि स्थानीय प्रशासनले माइतीघर लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा हटाएसँगै उपप्रधान तथा गहृमन्त्री रवि लामिछानेले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति ताडफोड भए आयोजकबाट क्षतिपूर्ति भराउने निर्णय समेत गरेका छन् । मन्त्रालयले विज्ञप्ति जारी गर्दै नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै संविधान र प्रचलित कानुन प्रतिकूल नहुने गरी प्रदर्शन गर्न पाउने हक सुनिश्चित गर्ने निषेधित क्षेत्र कम गर्ने काम भइरहेको बताएको छ । साथै सरकारी एवं सार्वजनिक सम्पत्ति र व्यक्तिगत हानी नोक्सानी पु¥याए स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्ने बताएको छ । यस्तै ठमेल र दरवारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुल्ने भएका छन् । गृहमन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्न लागेको हो ।