Breaking

कस्तो रहला त तपाईंको यो वर्ष ? यस्तो छ २०८१ को वार्षिक राशिफल

योहो संवाददाता

मेषराशि आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ। शुभ र मङ्गल कार्यको योग रहनेछ। सन्तान सुख मिल्नेछ। राहुले भने अनावश्यक झमेलामा पार्न सक्छ।

हरियो, रातो, पहेँलो, पर्पल र खैरो शुभ रङ हुन् भने १, ५, ७, र ९ शुभ अङ्क रहेका छन्।

व्यापार-व्यवसाय स् पहिरन, स्टेसनरी, प्रेस तथा स्वास्थ्य व्यवसायीलाई राम्रो फाइदा हुनेछ। खानेकुरा, पर्यटन र दलाली कारोबार त्यति राम्रो रहने छैन। सेयर बजार भने सुझबुझ र अनुभवमा भर पर्नेछ। पार्टनरसिपमा गरेको कार्यमा विवाद उत्पन्न हुन सक्छ। आर्थिक दृष्टिले असार, माघ र फागुन महिना बलियो रहनेछन् भने जेठ, मङ्सिर र पुस कमजोर रहनेछन्।

प्रेम र सम्बन्ध स् प्रेममा परेका व्यक्तिहरूले घर परिवारको समर्थनमा सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन्। जन्मकुण्डलीमा सप्तमेस कमजोर हुनेहरू विवादमा पर्न सक्छन्। पारिवारिक मनमुटाव बढ्नुका साथै दाम्पत्य जीवनमा मतभेद बढ्न सक्छ। दाजुभाइसँगको सम्बन्ध बलियो नै हुनेछ।

शिक्षा स् सुरुका महिनामा शैक्षिक क्षेत्र कमजोर रहन सक्छ। जति पढे पनि स्मरण गर्न गाह्रो हुने र पढाइमा ध्यान नजाने हुन सक्छ। मंसिरबाट भने राम्रो हुनेछ। वैदेशिक क्षेत्रका शिक्षार्थीहरूलाई पनि राम्रै सफलता मिल्नेछ। आई टी, स्वास्थ्य, प्राविधिक र इन्जिनियरिङका शिक्षार्थीहरूलाई अधिक राम्रो हुने र देश विदेशको यात्रा तय हुनेछ।

पेसा तथा रोजगारी स् स्वास्थ्य र घरजग्गामा आबद्ध व्यक्तिलाई राम्रो लाभ मिल्नेछ। शिक्षक तथा सुरक्षा निकायका कर्मचारीको सरुवा तथा बढुवा हुन सक्छ। रोजगारीका लागि विदेश जानेहरूका लागि पनि राम्रो छ। सामाजिक क्षेत्रमा काम गर्नेहरूले राज्यबाट मान सम्मान पाउनेछन्। न्यायिक क्षेत्र भने कमजोर रहनेछ।

स्वास्थ्य : घरपरिवारको औषधोपचारमा खर्च बढ्नेछ। सानातिना चोट-पटकको भय रहनेछ। हृदय तथा मानसिक समस्या आउन सक्छ।

ग्रहशान्ति स् आइतबार भैरवजी र मङ्गलबार गणेशजीको पूजा आराधना गर्नाले ग्रहपीडा कम हुनेछ। आइतबारकै दिन वृक्षारोपण गर्नाले पनि भाग्यमा वृद्धि हुनेछ।

वृष
राहु एकादश रहनाले सकारात्मक फल मिल्नेछ। सुख सुविधामा बढोत्तरी हुने र न्यायिक कार्यमा सफलता मिल्नेछ। केतु प्रतिकूल रहनाले धेरै मेहनत गरेर थोरै मात्र प्रतिफल पाउन सकिएला। जन्मकुण्डलीमा बृहस्पति र शनिग्रह बलवान् हुनेहरूको लागि भने नराम्रो फल लाग्दैन।

शुभ रङ सेतो, पर्पल, रातो र गुलाबी हुन् भने शुभ अङ्क २, ४, ५, ७ र ९ रहेका छन्।

व्यापार(व्यवसाय स् वर्ष त्यति राम्रो नरहन सक्छ। आफन्तसँग आर्थिक लेनदेनको कारणले दूरी बढ्न सक्छ। कृषि, पशु, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ। वैदेशिक क्षेत्रमा लगानीका लागि समय राम्रो छ। खाद्य पदार्थको लगानी त्यति फलदायी नहोला। जेठ, साउन र फागुनमा बढी राम्रो छ।

प्रेम र सम्बन्ध स् प्रेमी वा प्रेमीकाको सम्बन्ध कायम राख्न सहनशील हुन आवश्यक छ। प्रेम सम्बन्धलाई परिवारले समर्थन गर्न गाह्रै पर्ला।

शिक्षा स् पढाइलेखाइको लागि विदेश जाने योग छ। व्यवस्थापन र अध्यात्म क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन्। भाषा, कृषि र वाणिज्य विषय भने कमजोर रहन सक्छ।

पेसा तथा रोजगारी स् दुई चार पटक मिहिनेत र सङ्घर्ष गर्नुपरे पनि नयाँ रोजगारी पाइनेछ। नयाँ व्यवसायको सुरुआत हुन सक्छ। राजनीतिक क्षेत्रमा आबद्धहरूलाई अधिक सफलता मिल्नेछ। ठेक्कापट्टाको काम गर्नेहरूलाई पनि समय राम्रो छ। अपजसको सामना भने गर्नुपर्ला।

स्वास्थ्य स् उपचारमा धन खर्च हुन सक्छ। वर्षको उत्तरार्धमा स्वास्थ्यमा सुधार आउने र पुराना रोग निको हुनेछन्। प्रजनन र श्वासप्रश्वासमा समस्या देखिन सक्छ। नियमित व्यायाम र योग गर्नाले विस्तारै सुधार उन्मुख हुनेछ।

ग्रहशान्ति स् प्रत्येक शनिबार संकटा मन्दिरमा बालेमा ग्रहपीडाबाट बच्न सकिनेछ। भोका र असहायलाई सहायता गर्नाले ग्रहपीडा कम हुनेछ। बृहस्पति, केतु र शनिको शान्ति गर्नु उचित हुन्छ। कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानुअघि दुर्गाजीको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ।

मिथुन
शनि ग्रहले सकारात्मक फल दिनेछ भने बृहस्पति र केतुले हानि(नोक्सानी, आर्थिक उतारचढाव हुनसक्छ। नजिकका व्यक्तिसँग वादविवाद भई दूरी बढ्न सक्छ। वर्षको मध्यमा मनमा अनेकौं तर्क र खुलदुली उत्पन्न हुँदा ठोस निर्णय लिन नसकिएला। मनमा चिन्ता बढे पनि मान सम्मान भने पाइनेछ।

रातो, गुलाबी, निलो र खैरो शुभ रङ हुन् भने १, ३, ५ र ९ शुभ अङ्क रहेका छन्।

व्यापार(व्यवसाय स् आस मारिसकेको र रोकिएको धन हात पर्न सक्छ। पशु, कृषि, घरजग्गा, शृङ्गार र सेयर बजारबाट सफलता मिल्नेछ। तरल पदार्थ र खाद्यान्नको कारोबारमा मन्दी आउनेछ। आर्थिक दृष्टिले वैशाख, साउन, भदौ र मंसिर महिना लाभदायक छन्।

प्रेम र सम्बन्ध स् प्रेम प्रसङ्ग तथा दाम्पत्य जीवनमा विश्वासको कमी हुन सक्छ। असोज र माघमा प्रेम प्रस्ताव आउन सक्छ। प्रेमी जोडीहरूको सम्बन्ध सुमधुर हुँदै पारिवारिक समर्थन मिल्नेछ। टाढिएका व्यक्ति नजिक हुन सक्छन्।

शि�