Breaking

कस्तो रहला त तपाईंको यो वर्ष ? यस्तो छ २०८१ को वार्षिक राशिफल


मेषराशि आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ। शुभ र मङ्गल कार्यको योग रहनेछ। सन्तान सुख मिल्नेछ। राहुले भने अनावश्यक झमेलामा पार्न सक्छ।

हरियो, रातो, पहेँलो, पर्पल र खैरो शुभ रङ हुन् भने १, ५, ७, र ९ शुभ अङ्क रहेका छन्।

व्यापार-व्यवसाय स् पहिरन, स्टेसनरी, प्रेस तथा स्वास्थ्य व्यवसायीलाई राम्रो फाइदा हुनेछ। खानेकुरा, पर्यटन र दलाली कारोबार त्यति राम्रो रहने छैन। सेयर बजार भने सुझबुझ र अनुभवमा भर पर्नेछ। पार्टनरसिपमा गरेको कार्यमा विवाद उत्पन्न हुन सक्छ। आर्थिक दृष्टिले असार, माघ र फागुन महिना बलियो रहनेछन् भने जेठ, मङ्सिर र पुस कमजोर रहनेछन्।

प्रेम र सम्बन्ध स् प्रेममा परेका व्यक्तिहरूले घर परिवारको समर्थनमा सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन्। जन्मकुण्डलीमा सप्तमेस कमजोर हुनेहरू विवादमा पर्न सक्छन्। पारिवारिक मनमुटाव बढ्नुका साथै दाम्पत्य जीवनमा मतभेद बढ्न सक्छ। दाजुभाइसँगको सम्बन्ध बलियो नै हुनेछ।

शिक्षा स् सुरुका महिनामा शैक्षिक क्षेत्र कमजोर रहन सक्छ। जति पढे पनि स्मरण गर्न गाह्रो हुने र पढाइमा ध्यान नजाने हुन सक्छ। मंसिरबाट भने राम्रो हुनेछ। वैदेशिक क्षेत्रका शिक्षार्थीहरूलाई पनि राम्रै सफलता मिल्नेछ। आई टी, स्वास्थ्य, प्राविधिक र इन्जिनियरिङका शिक्षार्थीहरूलाई अधिक राम्रो हुने र देश विदेशको यात्रा तय हुनेछ।

पेसा तथा रोजगारी स् स्वास्थ्य र घरजग्गामा आबद्ध व्यक्तिलाई राम्रो लाभ मिल्नेछ। शिक्षक तथा सुरक्षा निकायका कर्मचारीको सरुवा तथा बढुवा हुन सक्छ। रोजगारीका लागि विदेश जानेहरूका लागि पनि राम्रो छ। सामाजिक क्षेत्रमा काम गर्नेहरूले राज्यबाट मान सम्मान पाउनेछन्। न्यायिक क्षेत्र भने कमजोर रहनेछ।

स्वास्थ्य : घरपरिवारको औषधोपचारमा खर्च बढ्नेछ। सानातिना चोट-पटकको भय रहनेछ। हृदय तथा मानसिक समस्या आउन सक्छ।

ग्रहशान्ति स् आइतबार भैरवजी र मङ्गलबार गणेशजीको पूजा आराधना गर्नाले ग्रहपीडा कम हुनेछ। आइतबारकै दिन वृक्षारोपण गर्नाले पनि भाग्यमा वृद्धि हुनेछ।

वृष
राहु एकादश रहनाले सकारात्मक फल मिल्नेछ। सुख सुविधामा बढोत्तरी हुने र न्यायिक कार्यमा सफलता मिल्नेछ। केतु प्रतिकूल रहनाले धेरै मेहनत गरेर थोरै मात्र प्रतिफल पाउन सकिएला। जन्मकुण्डलीमा बृहस्पति र शनिग्रह बलवान् हुनेहरूको लागि भने नराम्रो फल लाग्दैन।

शुभ रङ सेतो, पर्पल, रातो र गुलाबी हुन् भने शुभ अङ्क २, ४, ५, ७ र ९ रहेका छन्।

व्यापार(व्यवसाय स् वर्ष त्यति राम्रो नरहन सक्छ। आफन्तसँग आर्थिक लेनदेनको कारणले दूरी बढ्न सक्छ। कृषि, पशु, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ। वैदेशिक क्षेत्रमा लगानीका लागि समय राम्रो छ। खाद्य पदार्थको लगानी त्यति फलदायी नहोला। जेठ, साउन र फागुनमा बढी राम्रो छ।

प्रेम र सम्बन्ध स् प्रेमी वा प्रेमीकाको सम्बन्ध कायम राख्न सहनशील हुन आवश्यक छ। प्रेम सम्बन्धलाई परिवारले समर्थन गर्न गाह्रै पर्ला।

शिक्षा स् पढाइलेखाइको लागि विदेश जाने योग छ। व्यवस्थापन र अध्यात्म क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन्। भाषा, कृषि र वाणिज्य विषय भने कमजोर रहन सक्छ।

पेसा तथा रोजगारी स् दुई चार पटक मिहिनेत र सङ्घर्ष गर्नुपरे पनि नयाँ रोजगारी पाइनेछ। नयाँ व्यवसायको सुरुआत हुन सक्छ। राजनीतिक क्षेत्रमा आबद्धहरूलाई अधिक सफलता मिल्नेछ। ठेक्कापट्टाको काम गर्नेहरूलाई पनि समय राम्रो छ। अपजसको सामना भने गर्नुपर्ला।

स्वास्थ्य स् उपचारमा धन खर्च हुन सक्छ। वर्षको उत्तरार्धमा स्वास्थ्यमा सुधार आउने र पुराना रोग निको हुनेछन्। प्रजनन र श्वासप्रश्वासमा समस्या देखिन सक्छ। नियमित व्यायाम र योग गर्नाले विस्तारै सुधार उन्मुख हुनेछ।

ग्रहशान्ति स् प्रत्येक शनिबार संकटा मन्दिरमा बालेमा ग्रहपीडाबाट बच्न सकिनेछ। भोका र असहायलाई सहायता गर्नाले ग्रहपीडा कम हुनेछ। बृहस्पति, केतु र शनिको शान्ति गर्नु उचित हुन्छ। कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानुअघि दुर्गाजीको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ।

मिथुन
शनि ग्रहले सकारात्मक फल दिनेछ भने बृहस्पति र केतुले हानि(नोक्सानी, आर्थिक उतारचढाव हुनसक्छ। नजिकका व्यक्तिसँग वादविवाद भई दूरी बढ्न सक्छ। वर्षको मध्यमा मनमा अनेकौं तर्क र खुलदुली उत्पन्न हुँदा ठोस निर्णय लिन नसकिएला। मनमा चिन्ता बढे पनि मान सम्मान भने पाइनेछ।

रातो, गुलाबी, निलो र खैरो शुभ रङ हुन् भने १, ३, ५ र ९ शुभ अङ्क रहेका छन्।

व्यापार(व्यवसाय स् आस मारिसकेको र रोकिएको धन हात पर्न सक्छ। पशु, कृषि, घरजग्गा, शृङ्गार र सेयर बजारबाट सफलता मिल्नेछ। तरल पदार्थ र खाद्यान्नको कारोबारमा मन्दी आउनेछ। आर्थिक दृष्टिले वैशाख, साउन, भदौ र मंसिर महिना लाभदायक छन्।

प्रेम र सम्बन्ध स् प्रेम प्रसङ्ग तथा दाम्पत्य जीवनमा विश्वासको कमी हुन सक्छ। असोज र माघमा प्रेम प्रस्ताव आउन सक्छ। प्रेमी जोडीहरूको सम्बन्ध सुमधुर हुँदै पारिवारिक समर्थन मिल्नेछ। टाढिएका व्यक्ति नजिक हुन सक्छन्।

शिक्षा स् वाणीमा लगाम लगाउन आवश्यक छ। शनि र राहुको कारणले नजिकका व्यक्तिसँग असमझदारी बढ्न सक्छ। इन्जिनियरिङ तथा आई।टी। का विद्यार्थीलाई अधिक सफलता मिल्नेछ। विदेश गएका विद्यार्थीलाई भने अलि संघर्ष गर्नु पर्ला।

पेसा तथा रोजगारी स् कार्य क्षेत्रमा झमेला आए पनि आर्थिक पक्ष सुदृढ रहनेछ। साउनपछि नयाँ कार्य वा नयाँ रोजगारीको अवसर आउनेछ। लगानी गरेको ठाउँबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। सरकारी कर्मचारीले सजगता अपनाउनु पर्नेछ अन्यथा कानुनी झमेला आउन सक्छ। राजनीतिक क्षेत्रमा पनि संघर्ष गर्नु पर्ला।

स्वास्थ्य स् स्वास्थ्यमा उतार चढाव आउन सक्छ। वायु विकार, आँखा र टाउकोको समस्या बढ्न सक्छ। दीर्घकालीन औषधि सेवनको सम्भावना पनि छ। पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ। आफन्त र घरपरिवारका लागि स्वास्थ्य उपचारमा खर्च बढ्नेछ।

ग्रहशान्ति स् ग्रहपीडा कम गर्न विष्णु भगवान्को पूजा आराधना गर्नु राम्रो हुन्छ। असहायलाई खुसी पार्नसके आकस्मिक लाभ हुनेछ। जन्मबारमा शाकाहारी खाना खाने र कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानुअघि विष्णु भगवान्‌को स्मरण गर्नाले राम्रो हुनेछ।

कर्कट
बृहस्पति र केतुको प्रभावले वर्षभरि नै धनार्जनका नयाँ स्रोत र अवसर मिल्नेछन्। शनि र राहुको प्रभावले भने शत्रु बढ्न सक्छन्। घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ। नजिकका व्यक्तिबाट भरपुर साथ र सहयोग मिल्नेछ।

शुभ रङ पहेँलो, हरियो, खैरो र पर्पल हुन् भने २, ३, ६, र ७ शुभ अङ्क रहेका छन्।

व्यापार(व्यवसाय स् वैदेशिक क्षेत्रमा लगानीका लागि समय राम्रो छ। कृषि, पशुपालन, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ। वैशाख र पुसमा धनमाल हराउन सक्छ, सजग रहनु होला। आर्थिक दृष्टिले असर, असोज, माघ र फागुन महिना सकारात्मक छन्।

प्रेम र सम्बन्ध स् घर परिवारमा हुने शुभ तथा माङ्गलिक कार्यले बिग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ। शत्रुसँगको सम्बन्धमा सुल्झन सक्छ। नयाँ प्रेम सम्बन्ध स्थापित हुन सक्छ। असार महिनामा प्रेमी र प्रेमिकाका घरपरिवारबाट अप्ठ्यारा परिस्थिति सिर्जना हुन सक्छन्।

शिक्षा स् शिक्षा फलदायी नै रहने भएकाले नतिजा राम्रो पाइनेछ। प्राविधिक र व्यवस्थापनका विद्यार्थीहरूलाई बढी सफलता मिल्ने देखिन्छ। विदेश जाने योग पनि छ।

पेसा तथा रोजगारी स् नयाँ रोजगारी प्राप्तिको योग छ। वैदेशिक रोजगारीको लागि भने त्यति राम्रो समय छैन। सुरक्षा, शिक्षा तथा राजनीतिक क्षेत्रका व्यक्तिलाई निकै राम्रो हुनेछ। तर, अपजसको सामना भने गर्नुपर्ला। पत्रकारिता, चालक र पहिरन पेसामा आबद्ध व्यक्तिलाई अधिक सफलता मिल्नेछ।

स्वास्थ्य स् वर्षको सुरुका दिनमा स्वास्थ्यमा समस्या आउन सक्छ। उत्तरार्धमा भने सुधार आउनेछ। पुराना रोग पनि कम हुँदै जाने छन्। राहु र शनिको कारणले शरीरले दुस्ख पाउने र घर परिवारको स्वास्थ्यमा पनि खर्च बढ्नेछ।

ग्रहशान्ति स् बिहीबार विष्णु भगवान्‌को पूजा आराधना र उपासना गरेमा अधिक लाभ मिल्नेछ। बृहस्पति र राहुको शान्ति गर्ने तथा पिपलको वृक्षारोपण गर्नाले पनि ग्रहपीडा कम हुनेछ।

सिंह
२०८१ साल समग्रमा त्यति खास नरहला। शनि, बृहस्पति, राहु र केतुको प्रभावले वर्षभरि कमजोर बनाउन सक्छ। कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी, वादविवाद, डर र चिन्ता जस्ता फल भोग्नु पर्ला। जन्मकुण्डलीमा यी ग्रहहरूको अवस्था राम्रो भएमा नराम्रा फलको सामना गर्नु भने पर्दैन।

शुभ रङ रातो, खैरो, कालो र सेतो हुन् भने शुभ अङ्क २, ३, ६ र ७ रहेका छन्।

व्यापार(व्यवसाय स् आर्थिक समस्या बढ्न सक्ने देखिन्छ। सेयर बजार र धातुजन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ। खाद्यान्न, निर्माण, दलाली र तरल पदार्थमा गरेको लगानीबाट राम्रो प्रतिफल पाइनेछ। जन्मकुण्डलीमा बृहस्पति र शनि ग्रह स्वगृही, उच्च र मित्रगृही छ भने बृहस्पति र शनिको कृपाले निर्माण, धातु, मेसिनरी, इलेक्ट्रोनिक, प्राविधिक र शैक्षिक क्षेत्रबाट शुभ फल मिल्नेछ। आर्थिक दृष्टिले असार, कात्तिक र फागुन महिनामा अधिक लाभ मिल्नेछ।

प्रेम र सम्बन्ध स् यो वर्ष प्रेम प्रसङ्गका लागि सामान्य रहेको छ। प्रेममा सफलता प्राप्त गर्न धैर्य र सत्यता आवश्यक पर्दछ। प्रेम र मित्रताको बन्धमा दूरी बढ्न सक्छ। पुरानो र नयाँ सम्बन्धमा मनमुटाव आउनुका साथै आफन्त पनि टाढिन सक्छन्। जन्मकुण्डलीमा सप्तम भाव रहेमा भने शुभ फल पाइनेछ।

शिक्षा स् राहु र केतुको प्रभावले शिक्षामा असर गर्नेछ। पढ्नका लागि घरदेखि टाढा स्वदेश तथा विदेश गएका विद्यार्थीलाई मिहिनेत अनुसारको सफलता नमिल्ला। भाषा र गणितका विद्यार्थीलाई भने त्यति प्रतिकूल छैन। जेठ र साउन विद्याका लागि बढी प्रतिकूल छ। असार र भदौमा भने राम्रो परिणाम आउन सक्छ।

पेसा तथा रोजगारी स् कार्य क्षेत्रमा शत्रुबाधा हुनेछ। वादविवादमा नपरेकै जति हुनेछ। अपजसको योग छ। दबाब र तनाव बढे पनि नयाँ जागिरको अवसर मिल्नेछ। वैदेशिक रोजगारीको सम्भावना छ। असोजमा कामहरू अधुरै रहन सक्छन्।

स्वास्थ्य स् मानसिक चिन्ता र समस्या बढ्न सक्छ। सानो हेलचेक्र्याइँका कारण ठूलो नोक्सानी बेहोर्नु पर्ला। टाउको र आँखाको समस्या बढ्न सक्छ। रक्तसञ्चार, नसा र परिवारको स्वास्थ्यमा धन खर्च हुनेछ।

ग्रहशान्ति स् बिहीबार लक्ष्मीनारायणको र शनिबार हनुमानजीको दर्शन एवं पूजा आराधना गर्नाले ग्रहपीडा कम भई शुभ फल मिल्नेछ। विपन्न वर्गका विद्यार्थीलाई सहयोग तथा अशक्तहरूलाई सहयोग गर्नाले भलो हुनेछ। शुभ कर्म गर्नपूर्व या यात्रामा जानुअघि पितृदेवको आशीर्वाद लिई गरेको कार्यबाट अधिक सफलता मिल्नेछ।

कन्या
राहु र शनिको प्रभावले आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ। घरपरिवारमा माङ्गलिक कार्य आयोजना हुनेछ। नजिकका व्यक्तिबाट भरपुर साथ र सहयोग मिल्नेछ। रोकिएका कार्यले पूर्णता पाउनेछन्। अकस्मात् सफलता मिल्ने र भाग्यमा वृद्धि हुनेछ। आर्थिक र वैदेशिक क्षेत्र पनि सबल हुनेछ।

शुभ रङ हरियो, पहेँलो, कालो र पर्पल हुन् भने शुभ अङ्क २, ५, ७ र ८ रहेका छन्।

व्यापार(व्यवसाय स् यो वर्ष आर्थिक पक्ष सबल नै रहने देखिन्छ। उधारो र पुरानो ऋण तिर्न सकिनेछ। स्वास्थ्य तथा हार्डवेयर व्यवसाय फस्टाउनेछ। सेयरको कारोबार भने सुझबुझमा भर पर्छ। खाद्यान्न र कृषि व्यवसायबाट नोक्सानी हुन सक्छ। वैशाख, साउन र मंसिर महिनामा आर्थिक लाभ मिल्नेछ।

प्रेम र सम्बन्ध स् वर्षको पूर्वार्धमा प्रेम प्रसङ्गमा नपरेकै राम्रो हुनेछ। उत्तरार्धमा भने प्रेमीरप्रेमिकाका बीच समझदारी बढ्ने र सम्बन्ध अझै प्रगाढ हुनेछ। जन्मकुण्डलीमा गण गुण राम्रो हुन गएकाहरूले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन्।

शिक्षा स् विद्यार्थीहरूले परीक्षामा राम्रै अङ्कले सफलता हासिल गर्न सक्छन्। गणित र व्यवस्थापन क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन्। विदेश पढ्न गएका विद्यार्थीलाई सोचेअनुरूप सफलता नमिल्न सक्छ। असार र चैत शिक्षाका लागि तुलनात्मक राम्रा छन्।

पेसा तथा रोजगारी स् प्रतिस्पर्धीलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ। कलाकारिता र प्राविधिक पेसामा आबद्धहरूको लागि निकै राम्रो हुनेछ। नयाँ जागिरको अवसर मिल्नेछ। वैदेशिक रोजगारीको सम्भावना पनि छ। असार र साउन महिना बढी लाभप्रद छन्।

स्वास्थ्य स् टाउको तथा आँखाको समस्या बढ्न सक्छ। परिवारको स्वास्थ्यमा धन खर्च बढ्न सक्छ। रक्तचाप, हृदय, नसा र हड्डीको समस्या बढ्न सक्छ।

ग्रहशान्ति स् शनिबार भैरवजीको दर्शन एवं पूजा गर्नाले ग्रहपीडा कम भई शुभ फल मिल्नेछ। हनुमानजीको दर्शन, पूजा, आराधना गर्नाले पनि राम्रो हुनेछ। राहु र केतुको जप, पाठ गराएमा ग्रहपीडा कम हुनेछ। सत्‌मार्गमा हिँड्ने र सत्य बोल्नेलाई भगवान्‌को आशीर्वाद प्राप्त भई भाग्यमा वृद्धि हुनेछ। कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानुअघि भैरवजी या शिवजीको स्मरण गर्नाले राम्रो हुनेछ।

तुला
बृहस्पति, शनि, राहु र केतुको कारण गरेको कार्यमा उल्झन र ढिलासुस्ती हुनेछ। चोटपटकको भय पनि छ। जन्मकुण्डलीमा उच्च तथा स्वगृह, मित्रगृह ग्रहहरू भए शुभफल मिल्नेछ।

गुलाबी, सेतो ,पहेँलो र खैरो शुभ रङ हुन् भने १, २, ५ , ६ र ९ शुभ अङ्क रहेका छन्।

व्यापार(व्यवसाय स् नयाँ ठाउँमा लगानी नगरेकै जाती हुनेछ। नगद सापटीको काम पनि नगरेकै राम्रो। एजेन्ट, सजावटी, जग्गाजमिन र मोटरगाडीबाट ठीकै लाभ मिल्नेछ। सेयर बजार, बिमा र बैङ्किङ क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। व्यवसायीका दृष्टिले साउन, कात्तिक र माघ महिना बढी लाभदायक छन्।

प्रेम र सम्बन्ध स् घर परिवारबाट समर्थन पाउनाले प्रेमीरप्रेमिकाको सम्बन्ध विवाहमा परिणत हुन सक्छ। तर, जन्मकुण्डलीमा सप्तम भाव कमजोर भएका व्यक्तिले भने केही अप्ठ्यारा परिस्थितिको सामना गर्नु पर्ला। शनि कमजोर रहनेहरूले वाणीमा लगाम लगाउन आवश्यक देखिन्छ।

शिक्षा स् विज्ञान र सामाजिक विषयका विद्यार्थीलाई बढी सफलता मिल्नेछ। भाषा र स्वास्थ्य विषयको लागि वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीलाई भने त्यति राम्रो देखिन्न।

पेसा तथा रोजगारी स् वैदेशिक रोजगारी राम्रो रहनेछ। सञ्चार, विलासिता तथा मनोरञ्जन पेसामा आबद्धहरूलाई बढी सफलता मिल्नेछ। पर्यटन र कृषिको लगानीमा भने झमेला आइपर्न सक्छ।

स्वास्थ्य स् स्वास्थ्यमा उतार चढाव आउन सक्छ। नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला। घर परिवारको स्वास्थ्यमा धन खर्च हुनेछ। नसा तथा प्रजननमा पनि समस्या बढ्न सक्छ।

ग्रहशान्ति स् शुक्रबार लक्ष्मीजीको पूजा र उपासना गर्नाले ग्रहपीडा कम भई समृद्धि मिल्नेछ। प्रत्येक दिन आफ्नो इष्ट देवताको स्मरण गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ। जन्मबार शाकाहारी भोजन गर्नुका साथै र रोगी, असहायहरूको उपकार गर्नाले पनि सफलता मिल्नेछ।

वृश्चिक
बृहस्पति र केतुको अनुकूलताले बेलाबेलामा सुखको अनुभूति मिल्नेछ। विद्या र बुद्धिको विकासले यश, लाभ र वाक्‌सिद्धी हुनेछ। आफन्तको सहयोग मिल्नेछ। राहु र शनिको साढेसातीको कारण गरेको कार्यमा उल्झन, ढिलासुस्ती, शत्रु बाधा र चोटपटकको भय रहनेछ। जन्मकुण्डलीमा शनि लगायत अन्य ग्रह राम्रो हुनेहरूका लागि भने शुभ फल मिल्ने निश्चित छ।

शुभ रङ रातो, निलो, हरियो र पहेँलो हुन् भने शुभ अङ्क १, ५, ७, र ९ रहेका छन्।

व्यापार(व्यवसाय स् कृषि, पशु र पर्यटकीय क्षेत्रको लगानी फलदायक हुनेछ। ठेक्कापट्टा, सेवामूलक व्यवसाय, जग्गाजमिन र मोटरगाडीबाट चामत्कारिक लाभ मिल्नेछ। सेयर बजार, बिमा र बैङ्किङ क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। आर्थिक दृष्टिले असार र मंसिर बढी फलदायी रहनेछ।

प्रेम र सम्बन्ध स् प्रेमीप्रेमिकाका घर परिवारबाट अप्ठ्यारा परिस्थिति सिर्जना हुन सक्छन्। शनि कमजोर रहनेहरूले वाणीमा लगाम लगाउन आवश्यक छ। असारबाट पुराना र टाढिएका मित्रसँग सामीप्य बढ्नेछ। दाम्पत्य जीवनमा केही मतभेद भए पनि माया एवं समझदारी भने कायम नै रहनेछ।

शिक्षा स् विज्ञान, शिक्षाशास्त्र, स्वास्थ्य, आई।टी। र वाणिज्य विषयका विद्यार्थीहरूलाई विशेष लाभ मिल्नेछ। वर्षको मध्यबाट भने शैक्षिक क्षेत्र कमजोर रहन सक्छ। जति पढे पनि स्मरण गर्न गाह्रो हुने तथा पढाइमा ध्यान नजाने हुन सक्छ। भदौ र फागुनमा भने सफलता मिल्नेछ।

पेसा तथा रोजगारी स् नयाँ काम वा रोजगारीको अवसर मिल्नेछ। पदोन्नतिको योग पनि छ। सामाजिक तथा राजनीतिक क्षेत्रमा समय दिनेहरूले जनताको राम्रो समर्थन प्राप्त गर्नेछन्। सञ्चार र सौन्दर्य पेसामा आबद्धहरूलाई अधिक सफलता मिल्नेछ। सेयर बजार र संयुक्त रूपमा गरिएको लगानी फलदायी नहुन सक्छ।

स्वास्थ्य स् स्वास्थ्यमा उतारचढाव आउन सक्छ। शनिको अढैयाले गर्दा यात्रा गर्दा वा गाडी चलाउँदा चोटपटकको भय छ। प्रजनन, छाला र आँखाको समस्या बढ्न सक्छ। आफ्नो तथा हितैषीको औषधोपचारमा धन खर्च हुनेछ। नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला।

ग्रहशान्ति स् ग्रहपीडाबाट बच्न राहु, केतु र शनिको ग्रहशान्ति, जप, पाठपूजा गर्नु उपयुक्त हुन्छ। शनिबार पिपलको बोटमा जल चढाउने, दुर्गाजीको पूजा एवं उपासना गर्नाले सफलता मिल्नेछ। जन्मबार शाकाहारी भोजन र रोगीहरूको उपकार गर्नाले पनि सफलता मिल्नेछ। वृक्षारोपण गर्दा भाग्य वृद्धि हुनेछ।

धनु
शिक्षा र न्यायिक क्षेत्रमा विशेष सफलता मिल्नेछ। शनिको प्रभावले आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य र सफल यात्रा हुनेछ। बृहस्पति, राहु र केतुको प्रभावले भने आरोप प्रत्यारोप, मानसिक चिन्ता बढ्न सक्छ। जन्मकुण्डलीमा बृहस्पति र राहु ग्रह बलवान्‌ हुनेहरूले भने ग्रहको नराम्रा फलको सामना गर्नु पर्दैन।

शुभ रङ सेतो, पहेँलो, गुलाबी, निलो, हरियो घ्यू रङ हुन् भने शुभ अङ्क ३, ६, ७ र ९ रहेका छन्।

व्यापार(व्यवसाय स् कृषि, पशुपालन, शिक्षा, सूचनाप्रविधि लगायतका क्षेत्रमा लाभ मिल्नेछ। आफन्तसँगको आर्थिक लेनदेनका कारणले दूरी बढ्न सक्छ। सेयर बजारको लगानी निकै राम्रो रहन सक्छ। घरजग्गा र निर्माणको क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल पाइनेछ। आर्थिक दृष्टिले साउन, कात्तिक र फागुन महिना बढी राम्रा छन्।

प्रेम र सम्बन्ध स् दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमी देखिन सक्छ। कामको सिलसिलामा घर परिवारबाट टाढा हुनुपर्ने बाध्यता आउन सक्छ। वर्षको अन्त्यमा भने प्रेम सम्बन्ध सुमधुर हुनेछ। सन्तानको रहर गर्नेहरूलाई सन्तान सुख मिल्ने सम्भावना छ।

शिक्षा स् अध्ययन अध्यापनमा सफलता मिल्नेछ। अड्किएका विषयमा उत्तीर्ण हुन सकिनेछ। वैदेशिक क्षेत्रका शिक्षार्थीलाई पनि राम्रै सफलता मिल्नेछ। शोध, स्वास्थ्य, प्राविधिक र इन्जिनियरिङका शिक्षार्थीलाई अधिक राम्रो हुने र देश विदेशको यात्रा तय हुनेछन्। जेठ, असोज र चैत तुलनात्मक रूपमा बढी लाभदायक छन्।

पेसा तथा रोजगारी स् वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ। असारबाट नयाँ जागिरको अवसरले पछ्याउनेछ। ठेक्कापट्टा र दलाली काम गर्नेहरूलाई पनि राम्रो सफलता मिल्नेछ। राहु र केतुको कारणले विद्या र बुद्धिमा केही कमी हुन सक्छ।

स्वास्थ्य स् स्वास्थ्यमा समस्या बढ्न सक्छ। हातगोडामा चोट लाग्न सक्छ। नसा तथा ग्यास्टिक रोगले सताउन सक्छ। प्रजनन र हड्डीमा समस्या देखिन सक्छ।

ग्रहशान्ति स् गौ सेवा या वृद्धवृद्धालाई सहयोग गर्नाले मानसिक शान्ति मिल्नेछ। देवगुरु बृहस्पति, राहु र केतुको ग्रहशान्ति गराउँदा ग्रहपीडाबाट बच्न सकिनेछ। दुर्गाजीको पूजा आराधना गर्नाले पनि ग्रहपीडा कम हुनेछ।

मकर
रोकिएका कार्यले पूर्णता पाउनेछन्। धार्मिक यात्रा र मङ्गल कार्यको योग छ। समय राम्रै भए पनि वर्षको मध्यमा अनेकौँ तर्क र खुलदुली उत्पन्न हुँदा र ठोस निर्णय लिन नसकिएला। केतु र शनिको साढेसातीले चिन्ता, नोक्सानी, कार्यसम्पादनमा उल्झन हुनेछ।

शुभ रङ सेतो, पर्पल, रातो, र निलो हुन् भने शुभ अङ्क २, ४, ६ र ८ रहेका छन्।

व्यापार(व्यवसाय स् कृषि, पशुपालन, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट भने जस्तो आम्दानी गर्न सकिनेछ। जग्गाजमिनको काममा विवाद बढ्न सक्छ। आर्थिक दृष्टिले वैशाख, साउन, असोज र माघ लाभदायक छन्।

प्रेम र सम्बन्ध स् दाम्पत्य जीवन तथा प्रेमीरप्रेमिकाको सम्बन्धमा सामान्य उतारचढाव आउन सक्छ। नयाँ प्रेम सम्बन्ध भने नजोडेकै राम्रो हुनेछ। जन्मकुण्डलीमा सप्तम भाव बलियो भएका व्यक्तिलाई भने कुनै पनि सम्बन्ध नराम्रो हुँदैन।

शिक्षा स् अध्ययन अध्यापनको क्षेत्रमा सुधार आउनेछ। पढाइलेखाइको लागि विदेश जाने योग छ। चिकित्सा र डिजाइनका विद्यार्थीलाई बढी सफलता मिल्ने देखिन्छ। भाषा र गणित विषय भने कमजोर रहन सक्छ।

पेसा तथा रोजगारी स् पेसा वा कार्य क्षेत्रमा झमेला आउन सक्छ। अपजसको सामना गर्नुपर्ला। लगानी गरेको ठाउँबाट त्यति लाभ नमिल्ला। साउनपछि नयाँ रोजगारीको अवसर आउनेछ। केतु र शनिको नकारात्मक प्रभावले झुटा आरोप लाग्न सक्छ। राजनीतिक क्षेत्रमा पनि विविध समस्या खेप्नु पर्ला।

स्वास्थ्य स् शनि र केतुको कारणले स्वास्थ्यमा समस्या बढ्नेछ। प्रजनन, पेट र नसाको समस्या बढ्नाले दीर्घकालीन औषधि सेवनको सम्भावना छ। आफन्त र घरपरिवारको स्वास्थ्य उपचारमा खर्च बढ्नेछ।

ग्रहशान्ति स् ग्रहपीडा कम गर्न शनि र केतुसहित नवग्रह शान्ति र जप गर्दा राम्रो हुनेछ। शनिबार हनुमानजीको व्रत बस्नाले राम्रो हुन्छ। जन्मदिन वा शनिबार वर, पिपलको वृक्षारोपण गर्दा भाग्यको बढोत्तरी हुनेछ। कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानुअघि हनुमानजीको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ।

कुम्भ
बृहस्पति, राहु, केतु र शनिको साढेसातिको नकारात्मक प्रभावले झुटा आरोप, वादविवाद डर र चिन्ता बढ्न सक्छ। भौतिक सुखमा भने बढोत्तरी हुनेछ। यदि जन्मकुण्डलीमा बृहस्पति र शनि उच्च, स्वगृह तथा मित्रगृह ग्रहहरू भए शुभ फल मिल्ने निश्चित छ।

गुलाबी, निलो, सेतो, पर्पल र रातो शुभ रङ हुन् भने २, ४, ७ र ८ शुभ अङ्क रहेका छन्।

व्यापार(व्यवसाय स् नयाँ ठाउँमा लगानी नगरेकै जाती हुनेछ। स्वास्थ्य व्यवसाय, घर जग्गामा गरेको लगानीबाट राम्रै प्रतिफल आउला। सेयर बजार र धातुजन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ। व्यावसायिक दृष्टिले साउन, कात्तिक, माघ र चैत महिना राम्रा छन्।

प्रेम र सम्बन्ध स् दाम्पत्य जीवनमा सामान्य उतारचढाव आउन सक्छ। प्रेमी जोडीको सम्बन्धलाई विवाहमा परिणत गर्न पनि गाह्रो होला। तर, जन्मकुण्डलीमा सप्तम भाव बलियो भएका व्यक्तिले भने प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन्।

शिक्षा स् मनमा चञ्चलता बढ्नाले पढाइमा ध्यान दिन नसकिएला। सोध, गणित र व्यवस्थापन विषयका विद्यार्थी बढी लाभान्वित हुनेछन्। वैशाख र जेठ महिनामा विद्यामा ह्रास आउन सक्छ। भदौ र पुसमा रोकिएका परीक्षा उत्तीर्ण गर्न सकिएला।

पेसा तथा रोजगारी स् पेसा वा रोजगारीमा दबाब र तनाव बढेको महसुस हुनेछ। अपजस आइलाग्न सक्छ। कल कारखाना र व्यापार व्यवसायमा खासै राम्रो हुनेछैन। पर्यटन, प्राविधिक क्षेत्रका पेसाकर्मी, पत्रकारिता र वैदेशिक रोजगारीमा लागेकालाई भने राम्रै हुने देखिन्छ। साउनबाट नयाँ जागिरको अवसर मिल्नेछ।

स्वास्थ्य स् घरपरिवारको स्वास्थ्य र औषधोपचारमा धन खर्च हुन सक्छ। रक्तसञ्चार, वायु विकार, टाउको तथा आँखाको समस्या बढ्न सक्छ।

ग्रहशान्ति स् मंगलबार गणेशजीको पूजा, आराधना गर्नाले ग्रहपीडा कम भई शुभ फल मिल्नेछ। बृहस्पति, शनि र केतुको ग्रहशान्ति गर्दा राम्रो हुनेछ। जन्मदिनमा अशक्तलाई भोजन गराउनाले पनि ग्रहपीडा कम हुनेछ। कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानुअघि बिघ्नहर्ता गणेशजीको दर्शन या पूजा गर्नाले गरेको कार्यबाट अधिक सफलता मिल्नेछ।

मीन
पद प्रतिष्ठा र आर्थिक पक्ष राम्रो हुनेछ। कुनै कुराले अनुहारमा कान्ति र मनमा शान्ति मिल्नेछ। आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य र धार्मिक यात्रा हुनेछ। रोकिएका कार्यले पूर्णता पाउनेछन्। जन्मकुण्डलीमा शनि, बृहस्पति, राहु तथा केतु कमजोर हुनेहरूले भने दुस्खकष्ट भोग्नुपर्ने हुन सक्छ। यसले मानसिक चिन्ता बढाउनेछ भने इज्जत र प्रतिष्ठामा ह्रास आउन सक्छ।

पहेँलो, हरियो, पर्पल, रातो र खैरो शुभ रङ हुन् भने १, ४, ८ र ९ शुभ अङ्क रहेका छन्।

व्यापार(व्यवसाय स् वैदेशिक र शिक्षा क्षेत्रको कारोबारबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ, तर धातु, स्वास्थ्य एवं जग्गाजमिनको काममा विवाद बढ्न सक्छ। सेयर बजारमा पनि त्यति राम्रो नहोला। आर्थिक दृष्टिले जेठ, असोज र माघ महिना बढी सकारात्मक छन्।

प्रेम र सम्बन्ध स् दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमी देखिन सक्छ। प्रेम सम्बन्धलाई परिवारले समर्थन गर्न गाह्रै पर्ला। पैसाको कारणले आफन्त र नजिकका व्यक्तिबाट टाढिनु पर्ला। शुभ तथा माङ्गलिक कार्यले बिग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ। वर्षको अन्त्यमा भने प्रेम सम्बन्ध सुमधुर हुनेछ। सन्तानको रहर गर्नेहरूलाई सन्तान सुख मिल्ने सम्भावना छ।

शिक्षा स् सफल र फलदायी नै रहनेछ। पढाइको सिलसिलामा विदेश जाने तथा शोध, चिकित्सा र आई।टी।का विद्यार्थीहरूलाई बढी सफलता मिल्नेछ।

पेसा तथा रोजगारी स् नयाँ रोजगारी वा व्यवसायको सुरुआत हुने योग छ। जागिरेलाई सरुवा, बढुवाको सम्भावना छ। शनि, राहु र केतुको कारणले विद्या र बुद्धिमा कमी आउन सक्छ। वैदेशिक, राजनीतिक तथा कूटनीतिक क्षेत्रका व्यक्तिलाई निकै राम्रो छ। अपजसको सामना भने गर्नुपर्ला।

स्वास्थ्य स् चोटपटकको भय छ। घरपरिवारको स्वास्थ्यमा खर्च बढ्नेछ। शीर्षपीडाका साथै नसासम्बन्धी समस्या बढ्नेछ।

ग्रहशान्ति स् सोमबार शिवजीको दर्शन एवं पूजापाठ गर्नाले ग्रहपीडा कम हुनेछ। वर, पिपल लगायतका वनस्पतिको वृक्षारोपण तथा कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानुअघि शिवजीलाई स्मरण गर्नाले राम्रो हुनेछ।

नववर्ष २०८१ को शुभकामना