मौसम

काठमाडौंमा छिटपुट, केही स्थानमा हल्का वर्षा


काठमाडौँ – सहित देशका केही स्थानमा बिहीबार दिउँसो वर्षा भएको छ । काठमाडौंमा छिटपुट वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भएको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।

काठमाडौंमा उपत्यकामा पनि हल्कासम्म वर्षाको सम्भावना रहेको उनले बताए ।