Breaking

राष्ट्रियसभा उपाध्यक्षमा घिमिरेलाई एकीकृत समाजवादीको समर्थन


काठमाडौँ— नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रियसभा उपाध्यक्षमा नेकपा (एमाले)का उमेदवार विमला घिमिरेलाई समर्थन गरेको छ ।

राष्ट्रियसभा बैठकमा एकीकृत समाजवादीकी सांसद जयन्ती राईले सत्तासाझेदार दलको तर्फबाट घिमिरेलाई मत दिन आग्रह गरिन् । उनले उपाध्यक्षमा साझा उमेदवार बनाएको भए उचित हुने धारणा राखिन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी पनि उमेदवार छिन् । “साझा उमेदवार बनाउन पाएको भए राम्रो हुन्थ्यो । महिला भएको हिसाबले बोल्दा असहज लागेको छ,” उनले भनिन्, “दुवैजना सक्षम हुनुहुन्छ । योग्य हुनुहुन्छ ।”

एकीकृत समाजवादीले मंगलबारसम्म उपाध्यक्षका विषयमा निर्णय गरेको थिएन । उसले पनि उपाध्यक्ष दाबी गरेको थियो । एमालेबाट घिमिरे उमेदवार बन्दा एकीकृत समाजवादीले समर्थन गरेको थिएन ।