Breaking

प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध


काठमाडौँ— प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन् ।

आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ(आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।