Breaking

योहो टेलिभिजनका सन्तोष विके थापालाई राष्ट्रिय डिजिटल मिडिया अवार्ड–२०८०


काठमाडौँ — राष्ट्रिय डिजिटल मिडिया अवार्ड–२०८० अन्तर्गत उत्कृष्ट स्कृप्ट लेखनको अवार्ड योहो टेलिभिजनका प्रस्तोता सन्तोष विके थापाले पाउनु भएको छ ।
योहो टेलिभिजनको लोकप्रिय कार्यक्रम समय चक्रको प्रस्तोतासमेत रहेका उहाँलाई राष्ट्रिय नाचघर जमलमा आयोजित समारोहमा अवार्ड प्रदान तथा सम्मान गरिएको हो ।

न्युज एक्सप्रेस मिडिया प्रा.लिले आयोजना गरेको अवार्डमा समय चक्र कार्यक्रमका लागि सन्तोष विके थापाले लेख्ने स्कृष्ट र प्रस्तुतीको मूल्यांकन गर्दै अवार्ड प्रदान गरिएको आयोजकले उल्लेख गरेको छ । समारोहमा देशभर सक्रिय पत्रकारिता गरिरहेका २१ जना पत्रकारहरुलाई अवार्ड प्रदान गरिएको छ । जसमा पत्रकार अरुण बराल, ऋषि धमला, वीरेन्द्र जैरु, दीपा दाहाल, प्रकाश सुवेदी, सुरज प्याकुरेल, कमल सरगम, भोजराज थापा र सन्तोष देउजा लगायतले विभिन्न विधामा अवार्ड प्राप्त गरेका छन् । लाइभ टाइम अचिपमेन्ट अवार्ड भने वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरिएको छ । अवार्ड हस्तान्तरण उपसभामुख इन्दिरा राना, माननीय डा. चन्द्र भण्डारी र सन्तोष परियार लगायतले गर्नुभएको थियो । देशभर सक्रिय पत्रकारितामा रहि जनताको पक्षमा बलियो ढंगले आवाज उठाई प्रत्यक्ष रुपमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको आयोजक संस्था न्युज एक्सप्रेस मिडिया प्रा.लिका अध्यक्ष मिलन सिंङले बताउनुभयो ।