Breaking

महेश बस्नेतविरूद्ध जबरजस्ती गर्भपतन गराएको र बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी


काठमाडौँ – एमाले नेता महेश बस्नेतले आफूलाई बलात्कार गरेको र जबरजस्ती गर्भपत गराइदिएको भन्दै एक महिलाले प्रहरीमा जाहेरी दिएकी छन्। प्रहरीले भने जाहेरीका बारेमा नै बुझ्ने काम गरिरहेको बताएको छ।

जाहेरी आएको पुष्टी गर्दै काठमाडौं प्रहरी परिसर प्रमुख भुपेन्द्र खत्रीले जाहेरीमाथि नै अनुसन्धान भइरहेको बताए।

‘जाहेरी हुलाकबाट आएको थियो। जिल्ला सरकारी वकिल कार्यालयबाट पनि आएको छ। हामीले मुलुकी फौजदारी संहिताअनुसार जाहेरी दर्ता गरेपनि उहाँले राखेका मागबारे अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अब एक दुई दिनमा कसरी अघि बढ्ने भन्ने टुंगो हुन्छ।’ उनले पक्राउ पूर्जीका लागि अनुमति लिन अदालत नगएको बताए।

यत्तिका प्रमाणसहित यस्तै जाहेरी लिएर सामान्य व्यक्तिविरूद्ध कोही आएको भए प्रहरीले के गर्थ्योरु कति दिनसम्म बुझ्थ्योर ? भन्ने प्रश्नमा खत्रीले भने-हामीले ठूलो सानो सबैलाई बराबर गर्छौं। ‘रूल अफ ल’ मा सबैलाई बराबर हुन्छ।

केहीसमय अघि पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्। प्रहरीमा जाहेरी अघि नबढाएको भन्दै उनी सुरूमा सरकारी वकिल कार्यालय काठमाडौंमा गएकी थिइन्। पछि उनले हुलाकमार्फत उजुरी दिएकी थिइन्। उक्त उजुरीमाथि छानविन गर्न भन्दै आफूहरूले केही समयअघि काठमाडौं प्रहरी परिसरमा पठाएको सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।