Breaking

‘भिक्षुलाई लात्ती हान्ने प्रहरीमाथि विभागीय कारबाही अघि बढ्यो’


काठमाडौँ – काठमाडौँको भद्रकालीमा हिँडिरहेका एक भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले सामाजिक सन्जालमा एक सूचना जारी गरी उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिएको हो ।
शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । सो क्रममा बाटोमा हिँडिरहेका दुईजना भिक्षुमाथि प्रहरीले दुर्व्यवहार गरेको थियो ।

एकजना भिक्षुमाथि प्रहरीले पछाडिबाट लात्ती प्रहार गरेको भिडिओ सामाजिक सन्जालमा भाइरल छ । धेरैले उक्त भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै गृहमन्त्री रवि लामिछाने र नेपाल प्रहरीको आलोचना गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म यस घटनाबारे गृहमन्त्रालय र गृहमन्त्री रवि लामिछानेको प्रतिक्रिया आइसकेको छैन । तर नेपाल प्रहरीले भने भिक्षुमाथि भएको दुर्व्यवहारको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘साथै उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको व्यवहोरा समेत जानकारी गराउँदछौं,’ सूचनामा लेखिएको छ ।