Breaking

सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, एकै दिन बढ्यो २९ सय


काठमाडौँ— स्थानीय बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यसअघि चैत २२ गते बिहीबार छापावाल सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । उक्त दिन एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबारको तुलनामा छापावाल सुन २९ सय रुपैयाँले बढेको हो । तेजाबी सुन भने प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । यसअघि शुक्रबार चाँदी प्रतितोला एक हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य एकै दिन ५५ रुपैयाँले बढेको हो । बिहीबार चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।