Breaking

उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता आज, कुन दलबाट को छन् उम्मेदवार


काठमाडौँ – वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।

निर्वाचन आयोगले आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ। आजै बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।

आयोले उक्त सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिन भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकेको छ। सोही दिनको अपराह्न ३ बजे उपरान्त चैत्र २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।

उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन चैत २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ। त्यसपछि आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी सोही चुनाव चिह्न प्रदान गर्नेछ। वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ।