Breaking

कानुन समितिको बैठकमा एकसाथ ४ मन्त्री सहभागी


काठमाडौँ – कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा चार जना मन्त्री सहभागी छन् ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत, कानुन मन्त्री पदम गिरी र शिक्षा मन्त्री सुमना श्रेष्ठ सहभागी भएका हुन् ।

आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सम्बन्धित मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची छ ।
बैठकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी छन् ।