Breaking

सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा


काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री शाहले बिहीबार बेलुका प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियो । विश्वासको मत पाउने सम्भावना नभएपछि बैठक अघि उनले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्रीको राजीनामापछि प्रदेशसभा बैठक स्थगित भएको छ ।

केन्द्र सरकारको नेतृत्व गरिरहेको माओवादीले गठबन्धन फेरेसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको थियो । प्रदेश सभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । नाउपा ९७०, राप्रपा ९१० र स्वतन्त्र सांसद ९१० लाई मिलाएर सरकार जोगाउने उनको प्रयास थियो ।