Breaking

रविलाई पाखा लगाउन कांग्रेसको अल्टिमेटम,स्वर्णिमले दिए चेतावनी, प्रचण्ड र ओली किन चुप ? (भिडियोसहित)


काठमाडौँ— यति बेला संसद सहकारी ठगीको विषयमा भइरहेको कांग्रेस र रवि लामिछानेको भिडन्तले तातिएको छ । यसलाई आर्थिक अपचलन नभई ‘मास फ्रड’ को भाष्य निर्माण गर्ने कांग्रेस र छानबिनबाटै भाग्ने रविको प्रयासकाबीचमासंसद रुमलिएको हो। जहाँ कांग्रेसले मुद्दालाई आगामी दिनमा अझ कडा रुपमा प्रस्तुत गर्ने संकेत गर्दा प्रचण्ड–ओलीसँग नरम रविसँग गरम कांग्रेसको शैलीमासमेत प्रश्न छ ।

स्थान ःप्रतिनिधिसभा (विश्वप्रकाश र स्वर्णिमको भिडन्त)
रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेदेखि सहकारी ठगी प्रकरणमा उनको संलग्नताबारे प्रश्न उठाँउदै आएको कांग्रेसले बुधबार फरक रुप देखायो । प्रस्तुत दृश्यमाराजीनामाबाट संसदीय छानबिन समितिमा आइपुगेको रविविरुद्धको माग कमजोर बनाउँदै लगेको चर्चा विपरीत कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा प्रस्तुत भएका छन् । धोका दिएकैप्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डसँगै भेटघाट भएको तथा एमालेप्रति पनि नरमै रहेको कांग्रेसका नेताले रविप्रति भने गरम शैली अपनाउनु अनौठो नै थियो ।

यता, रविको बचाँउमा पूर्वकांग्रेस नै उत्रिए । अर्थात कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेका डा.स्वर्णिम वाग्लेले यसलाई कांग्रेसको गैरसंसदीय काम भएको संज्ञा दिन भ्याए ।गोर्खा मिडियामा सहकारीको ८० करोड कर्जा लगानी भएको सन्दर्भमा रवि लामिछानेको संलग्नता रहेको शर्माको दाबीलाई छानबिनबाटै ‘दुधको दुध, पानीको पानी पारौँ नत’ भन्ने आँट उनले गर्न सकेनन् । पार्टीमा ठगी गर्ने कोर टिम र ढोकामा बसेर ढाकछोप गर्ने डोर टिम रहेको दाबी गरेका शर्माले देशभरी बसेर रास्वपा जिन्दाबाद भनेर लेखिरहने पोर टिमको फाइदा उठाएकोसमेत भन्न भ्याए । तर त्यसको जवाफमा वाग्लेले छानविन गर्ने भए, पुरानालाई पनि गर्ने आँट छ ? भन्दै हाम्राले चाहिँ किन गल्ती गर्न नपाउने भन्ने जस्तो तर्क प्रस्तुत गरे ।

हुन पनि सहकारीमा जीबीसँगै रवि जोडिएका छन् । अहिले यो सूचीमा मन्त्री रहेका डीपी र सहमहामन्त्री रहेका केवी अर्थात कविन्द्र बुर्लाकोटीसमेत जोडिँदाजीबीलाई केही गर्न सक्दनौँ भन्ने बाटोमा प्रहरी छ । जसले जीबी रविकै सम्पर्कमा रहेको कांग्रेसको आरोपलाई बल पुर्याउँदाछानविन नै नहुने प्रहरीको भनाइ समेत शंकास्पद छ । सहकारीको पैसा जहाँ गएको भएपनि र जसले लगेको भएपनि त्यो आम नागरिकको पैसा भएका कारण आफूले मुद्दा बनाउन परेको कांग्रेसले बहानासमेत पाएको छ ।

त्यस्तै जीबी नै समातिए पनि अनधिकृत पैसा लग्ने रविसम्म छानविनको जालो नपुर्याएर आम नागरिकको पैसा फिर्ता हुन नसक्ने भाष्यसमेत कांग्रेसले तयार गरिरहेको छ । सबैभन्दा मुख्य कुरा तसमिति बनाएर छानविन मात्रै अघि बढेपनि नैतिकताले राजीनामा दिनुपर्ने बाध्यताले रवि चेपिँदा यही कारण आफ्नो एजेण्डामा सफल हुने आशामा कांग्रेस देखिन्छ । प्रचण्ड एमालेसँग घाटीजोड्ने रविमाथि प्रहार गर्ने कांग्रेसको शैलीसमेत यही आशासँग जोडिएको छ ।

सरसर्ती हेर्ने हो भने यतिको चर्काचर्की गर्नुभन्दा छानविन समिति नै बनाएको भए अहिलेसम्म पीडितले न्याय पाइसक्ने अवस्था थियो । तर जीबी जेल परेर पनि आम नागरिकले न्याय नपाउने अवस्था बन्दा यसले देशभरीकै सहकारीको दर्दनाक अवस्था सम्बोधन हुने नजिर बसाउन जरुरी छ । त्यो रास्वपाकै लागि समेत अवसर बन्ने अवस्था रहँदा त्यसबाट भाग्ने रविको शैली पार्टीकै लागि भारी परिरहेको छ । जुन प्रतिपक्षी बनेको कांग्रेसलाई राम्रो अस्त्र बन्दा पार्टीका अन्य नेतासमेत मुछिन थालेको सहकारी काण्डलाई पुराना काण्ड भन्दै भाग्ने नैतिकतामा रास्वपा छैन ।