Breaking

पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले मुद्दाको बहस चल्दाचल्दै गरिन् विष सेवन

योहो संवाददाता

काठमाडौँ— कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छन् ।

उनले आज दिउँसो २ बजेतिर विष सेवन गरेकी हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेको बताइएको छ । हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको र अहिले उनी स्थिर र बोल्न नसक्ने अवस्थामा रहेकी बताइएको छ ।