Breaking

ताइवानमा ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प


काठमाडौँ – ताइवानको राजधानी ताइपेमा २५ वर्ष यताकै शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान ताइवानको पूर्वी तटमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्र हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा पर्दछ । उक्त भूकम्पपछि साना ठूला परकम्पहरु आउने क्रम जारी रहेको बताइएको छ । एउटा शक्तिशाली परकम्प ६ दशमलव ५ म्याग्निच्युडको थियो । भूकम्पपछि ताइपेका केही स्थानमा विद्युत आपूर्ति बन्द भएको छ । भूकम्प गएलगत्तै छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो । समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ ।