Breaking

बरोडाविरुद्ध नेपालको कमजोर ब्याटिङ


काठमाडौँ— नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडासँग कमजोर ब्याटिङ प्रदर्शन गरेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३ ओभरमा ५ विकेट गुमाउँदै ८२ रन बनाएको छ । नेपालका सन्दीप जोरा ३ र कुशल मल्ल क्रिजमा छन् ।

अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । उनी परिक्षित पाटिदारको बलमा टप एज लागेर आउट भएका थिए ।

कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ रनमा रन आउट हुन पुगे । गुलशन झा १४ बलमा १ चौकासहित १३ रनमा आउट भए ।

त्यसअघि नेपालले ओपनर आसिफ शेख र कुशल भुर्तेललाई ९-९ रनमा गुमाएको थियो । दुबै ओपनर तीव्र गतिका बलर बाबा खानको बलमा क्याच आउट भएका थिए ।