Breaking

कर्णालीमा प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सर्‍यो


काठमाडौँ— कर्णाली प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको बैठक दिउँसो दुई बजेका लागि सारिएको छ ।

सरकारकातर्फबाट विश्वासको मत लिनेरनलिनेबारे प्रष्ट निर्णय नआएपछि बैठक केही समयका लागि स्थगित भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले जानकारी दिए ।

मुख्यमन्त्री राजकुमार शर्माले यसअघि नै विश्वासको मत लिने व्यवस्था मिलाइदिन भन्दै प्रदेश सभामा पत्र दर्ता गराइसकेका छन् । सोही कार्यसूची यथावत् रहेको र कति बेला लिने भन्ने विषयमा केही अन्यौलता भएकाले २ बजेसम्मका लागि बैठक सरेको सूचना अधिकारी गुरुङले बताए ।

कार्य व्यवस्था परामर्श समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । दिउँसो साढे १२ बजेसम्म पनि बस्न नसकेपछि २ बजेका लागि सारिएको हो ।