Breaking

फुटेको माओवादी एक पार्दै प्रचण्ड, बाबुरामले छोडेपछि विप्लव हौसिँदै, वैद्य भन्छन्–प्रचण्ड स्वार्थी हुन्


एमालेले समाजवादी मोर्चामा सामेल हुन अस्वीकार गरेपछि प्रचण्ड कम्युनिस्ट एकता छोडेर माआवादी पार्टी एकता गर्नतर्फ जुटेका छन् । माओवादीको टुटफुटले कमजोर बन्दै गएका प्रचण्ड पुनः नयाँ अनुभवका साथ समाजवादी मोर्चासहित पूर्वमाओवादी नेतालाई एक ढिक्का हुन आग्रह गर्दैछन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू शक्तिमा रही रहन हरसम्भव कोसिस गरिरहन्छन् । उनी कहिले देशका सबै ठूला कम्युनिस्ट पार्टीलाई एक ठाउँमा उभ्याएर नेकपाको निर्माणमा हुन्छन् भने कहिले समाजवादी मोर्चाको नाममा साना कम्युनिस्टलाई लिएर आफू शक्ति सञ्चयमा लागि पर्छन् । तर, देशकै ठूलो कम्युनिस्ट पार्टी नेकपा एमालेलाई पनि मोर्चामा सामेल हुन आमन्त्रण गर्दा अध्यक्ष केपी शर्मा ओली बाधक बनेपछि प्रचण्डको फेरि कम्युनिस्ट एकता गर्ने सपना तत्कालका लागि तुहिएको छ । आफ्नो दुनो सोझ्याउनका लागि कम्युनिस्टको टुक्रे पसल खोलेर बसेकाहरूसँग एकीकरणको त परैको कुरा मोर्चासमेत बत्र नसक्ने ओलीको लाइन छ । एमाले र माओवादीमा वैचारिक भित्रता भएको र त्यसको समाधान नभएसम्म माओवादीसँगको एकताको आवश्यकता नै नभएको पार्टीकोसमेत धारणा छ ।

टुटफुटबाट गुज्रिरहने कम्युनिस्ट पार्टी फेरि एक ढिक्का गर्ने प्रचण्डको योजनालाई एमालेले पानी खन्याईंदिए पछि अब भने उनी पूर्वमाओवादीलाई एकीकृत गराउन लागि परेका छन् । एमालेबिनाको कम्युनिस्ट ध्रुवीकरणभन्दा छरिएका पूर्वमाओवादी र समाजवादी मोर्चालाई नै सङ्गठित बनाएर अघि बढ्ने रणनीतिमा प्रचण्ड छन् । प्रचण्ड समाजवादी मोर्चासहित नेत्रविक्रम चन्द विप्लव, माओवादीबाट बाहिरिएका महेन्द्रराय यादवसँग निरन्तर संवादमा छन् । सांसदीय व्यवस्था नै स्वीकार्न नचाहेका विप्लवसमेत अहिले माओवादीमा पस्न खुट्टा उचालिरहेका छन् । त्यसैले समाजवादी मोर्चादेखि माओवादी एकतासम्म उनी सकारात्मक देखिन्छन् । निरन्तर माओवादीको खस्किदो साखबाट आफ्नो राजनीतिक भविष्य नै संकटमा देखेका प्रचण्ड विभित्र कारणले छरिएका कम्युनिस्ट नेताहरूको नयाँ नयाँ अनुभवसहित जुट्दै जाने र कम्युनिस्ट शक्ति अभैm अजय हुने उनको दाबी छ । प्रचण्ड थाकिसकेको वा स्खलित भएको ठात्रेहरू भ्रममा रहेको उनको बुझाई छ । अब आफ्नो क्रान्ति बाहेक केही नभएको र यसका लागि अन्तिमसम्म लड्न तयार देखिएका प्रचण्डले समाजवादी मोर्चासहित पूर्वमाओवादीलाई एकीकृत गर्न वातावरण बनाउन आग्रह गरिरहेका छन् ।

प्रचण्डको छरिएका माओवादीलाई एक गराउने हुटहुटी बढेको बेला लामो समय युद्ध मैदानमा होमिएका सहयोद्धासँगै आफ्नै निर्वाचन क्षेत्र समेत प्रचण्डलाई सुम्पिएका बाबुराम भट्टराई कटु आलोचक बनेका छन् । प्रचण्डको राजनीतिक गुरुसमेत रहेका मोहन वैद्य किरण प्रचण्डले आफ्नो शक्ति र स्वार्थमा कम्युनिस्ट राजनीतिलाई मात्र होइन देशलाई नै घात गरेको बताउँछन् । जनतालाई भ्रममा राख्न समाजवादको नारा लगाउँदै हिँडेका प्रचण्डको समाजवाद नेपाली कांग्रेसले देख्ने भन्दा फरक नभएको उनको तर्क छ ।

६० प्रतिशत कम्युनिस्टको मत भएको देशमा वामपन्थीको विकल्प प्रचण्डले देखेका छैनन् । त्यसैले उनी सबैलाई कम्युनिस्ट एक ठाउँमा उभ्याउन नसके पनि पूर्व माओवादीहरूसँगको एकतामा जोड दिइरहेका छन् । संसदीय यात्रा थालेदेखि आजसम्म आइपुग्दा माओवादी पार्टीप्रति देखिएको निराशाबाट होसियार त छन् । तर, अस्थिर प्रवृत्तिका कारण कहिले विचारै नमिल्ने दलसँग गर्ने समीकरण र पूर्व सहयोद्दा बाबुराम, वैद्य जस्ता नेताको सहभागिता बिना आफ्नो पुरानै विरासत फर्काउने प्रचण्डको सपना खास्सै यथार्थपरक भने देखिँदैन ।