अन्तर्राष्ट्रिय

राहुलको आरोप : चुनावी खेलमा मोदीको ‘म्याच फिक्सिङ’, विपक्षी गठबन्धन सरकारविरुद्ध सडक तताउँदै


काठमाडौँ – भारतमा निर्वाचन नजिकिँदै गर्दा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई १५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । मुख्यमन्त्री पक्राउपछि भारतका विपक्षी गठबन्धनका समर्थकहरूले दिल्लीमा ¥यालीको आयोजना गरेका छन् । कांग्रेस नेता राहुल गान्धीले चुनाव पूर्व भाजपाले ‘म्याच फिक्सिङ’ गरिरहेको आरोप लगाए ।

भारतको लोकसभा निर्वाचनको मुखैमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालाई १५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । भारतीय अदालतले केजरिवाललाई अप्रिल १५ सम्म थुनामा राख्न आदेश दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मदिराको इजाजत दिने सवालमा भएको भ्रष्टाचारको आरोपमा केजरिवाल पक्राउ परेका हुन् । भारतमा आगामी अप्रिल १९ देखि चरणबद्ध रूपमा लोक सभा निर्वाचनको मिति तय भएको छ । चुनावको मिति घोषणा भएको केही दिनमै केजरीवाल पक्राउ परेका हुन् । भारतका विपक्षी गठबन्धनका समर्थकहरूले राजधानी दिल्लीमा एक ¥याली आयोजना गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको लोकतन्त्रमाथि प्रहार गरेको भन्दै विपक्षी पार्टीहरुले दिनहुँ प्रदर्शन जारी राखेका छन् । मुख्यमन्त्रीलाई पक्राउ घटनालाई विपक्षीहरुले लोकतन्त्रमाथिको खुला आक्रमणको संज्ञासमेत दिइरहेका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भ्रष्टाचारको आरोपमा पक्राउ परेयता दिल्लीमा विपक्षीले आयोजना गरेको पहिलो विरोध प्रदर्शन हो ।
केजरिवालले आफूमाथि लागेको भ्रष्टाचार आरोपको खण्डन गरेका छन् भने उनका समर्थकले झुटो मुद्दा लगाइएको भन्दै प्रदर्शन गरेका हुन् । चुनाव अगाडि भएको पक्राउलाई धेरैले चुनावी नतिजालाई तलमाथि गर्ने उद्देश्यले भएको भन्दै अथ्र्याएका छन् । तेस्रो पटक चुनाव जितेको खण्डमा मोदीले लोकतन्त्रलाई पूर्ण रुपमा समाप्त पार्नेसमेत विपक्षी नेताहरुले आरोप लगाएका छन् । कांग्रेस नेता राहुल गान्धीले चुनाव पूर्व भाजपाले ‘म्याच फिक्सिङ’ गरिरहेको बताए । चुनावको मुखमा विपक्षका दुई मुख्यमन्त्रीलाई जेल पठाउनु र कांग्रेसको बैंक खाता फ्रिज गरेर चुनावी मैदानलाई बराबरी रहन नदिएको उनले उल्लेख गरे ।

यसैबीच, लोकसभा निर्वाचनको संघारमा प्रधानमन्त्री मोदीले विपक्षीहरूमाथि देखाएको व्यवहारले अन्य देशसँग समेत खटपट बढेको छ । यो विषयले विश्वभरकै ठूला प्रजातान्त्रिक देश भारत र अमेरिकाबीच खटपट भएको छ । गिरफ्तार पछि अमेरिकाको विदेश मन्त्रालयले गिरफ्तारीलाई नजिकबाट नियालिरहेको भन्दै जेलमा रहेका आम आदमी पार्टीका प्रमुख केजरीवाललाई समयमै निष्पक्ष कानुनी प्रक्रिया प्रदान गर्न आग्रह गरेको थियो । त्यसको जवाफमा भारतीय विदेश मन्त्रालयले बुधबार भारतमा रहेका अमेरिकी नियोगकी कार्यवाहक उपप्रमुख ग्लोरिया बर्बेनालाई बोलाएर विरोध जनाएको थियो । मत सर्वेक्षणहरूले आगामी चुनावमा मोदीले लगातार तेस्रो पटक जित हासिल गर्न यो चाल रचेको चर्चा छ । विपक्षीको लगातारको विरोध, टिकाटिप्पणीले प्रधानमन्त्री मोदीका लागि निकट भविष्यमा हुन लागेको लोक सभा चुनावले आगामी राजनीतिक यात्रालाई तय गर्नेछ । त्यसका लागि चुनावको नतिजा कुर्नु पर्ने हुन्छ ।