Breaking

नेपालले आज भारतमा बरोडासँग खेल्दै


काठमाडौँ – भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा आज बरोडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ स् ४५ मा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ । गुजरातलाई ९८ रनमा अल आउट गर्न गुलशन झाले ४ र करण केसीले ३ विकेट लिएका थिए ।

९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख हतियार हुन् । दीपेन्द्रको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा महत्वपूर्ण हुनेछ ।

ओपनर कुशल भुर्तेल, कुशल मल्ल, अनिल कुमार शाह र रोहित पौडेल शीर्ष चार ब्याटर हुन् । यी मध्य एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । नेपालको ब्याटिङमा गहिराइ छ । सन्दीप जोरा, दीपेन्द्र, गुलशन झा, करण र सोमपालले तल्लोक्रम सम्हाल्न सक्छन् ।

पहिलो खेलमा बेन्चमा रहेका ललित राजवंशी, प्रतिश जि।सी, विवेक यादव र आकाश चन्दलाई नेपालले मौका दिएको थियो ।दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपालले भारतमा तयारी गरेको हो । त्यसैले बेन्चका खेलाडीलाई पनि मौका दिनसक्छ । उता बरोडाको कप्तानी विष्णु सोलांकीले गर्नेछन् । ३१ वर्षीय उनले ४१ प्रथम श्रेणी, ५० लिष्ट ए र ६२ टी-२० खेल खेलेका छन् । त्यस्तै भारतबाट यू१९ क्रिकेट खेलेका शस्वात रावत पनि बरोडाको टोलीमा छन् । अभिमन्युसिंह राजपुत र भानु पनिया छन् ।

बरोडाको टोलीमा अधिकांश खेलाडी रणजी खेल्ने दोस्रो रोजाइका खेलाडी छन् । बुधबार नेपालले गुजरात र शुक्रबार बरोडासँग खेल्नेछ । फाइनल पुग्न सके आइतबार खेल्नेछ ।