Breaking

नाउपा कुटपिट प्रकरणबारे रेशम भन्छन्– असुरक्षित त हामी छौँ


काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले सरकारका जाने कि नजाने विषयमा पार्टीमा विवाद भएको बताएका छन् । आज बिहान बसेको केन्द्रीय समिति बैठकमा भएको विवादबारे भ्रामक प्रचार भएको उनको दाबी छ ।

यसअघि केन्द्रीय समिति सदस्य रमेश विश्वकर्माले आफूलाई चौधरीको निर्देशनमा कुटपिट भएको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।
“यस्तो भ्रामक कुरा बोल्नुनपर्ने । पार्टीको मिटिङमा त अरू साथीहरू पनि थिए । उहाँसँग पत्रकार सम्मेलनमा बस्ने साथी पनि पार्टीको मिटिङमा थिए । नभएको कुरा गर्नुहुँदैन भनेर स्टाटस लेखेको हो,” उनले भने ।

चौधरीले केन्द्रीय कमिटी बैठकमा सरकारमा जानेरनजाने विषयमा विवाद भएको स्वीकार गरे ।
“केन्द्रीय कमिटी बैठक थियो, सरकारमा जानेरनजाने सम्बन्धमा वादविवाद भएको हो । महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले आफ्नो हैसियत खोज्नुभएकै हो । त्यसमक्रममा विवाद भएकै हो,” उनले भने ।
केन्द्रीय सदस्य विश्वकर्माले चौधरीबाट आफूलाई ज्यान मार्ने धम्की आएको आरोप लगाएका थिए । तर चौधरीले आफूहरू चाहिँ असुरक्षित भएको बताए ।
“असुरक्षित त हामी छौँ । धम्की दिएर उहाँहरू जानुभएको छ,” उनले भने ।

त्यस्तै, नेत्री दुर्गा पन्तले भने महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय सदस्यलाई वैधानिक नभएको बताएकाले विवाद भएको बताइन् । उनले अर्को समूहले ुसुटरु ल्याउने भन्दै धम्की दिएको समेत बताइन् ।