राजनीति

नाउपा केन्द्रीय सदस्य रमेशको दाबी-‘सुदूरपश्चिम सरकार ढल्यो भने चार जनाको हत्या हुन सक्छ भनेर रेशम दाइले भन्नुभयो’


काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूमाथि पार्टी केन्द्रीय कार्यालयभित्रै आक्रमण भएको बताएका छन्।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरेर उनले आफूहरूलाई रेशम चौधरीले आइतबार पार्टी कार्यालयमा भएको छलफलमै हत्या हुन सक्ने धम्की दिएको र सोमबार केन्द्रीय समिति बैठक सुरू हुनुअघि अनौपचारिक छलफलमा प्रधानमन्त्री भेट्न बालुवाटार गए पिट्ने बताएको दाबी गरेका हुन्।

नाउपाको केन्द्रीय कार्यालय अनामनगरमा सोमबार बिहान ८ बजेका लागि बोलाइएको थियो। तर संस्थापक अध्यक्ष रञ्जिता चौधरी आउन ढिला गरिन्। रेशम चौधरी भने आइसकेका थिए।

‘अध्यक्षज्यू बैठकमा आइसक्नु भएको थिएन। केन्द्रीय समिति बैठकअघि अनौपचारिक छलफल भएको थियो। त्यसक्रममा मलाई पार्टी कार्यालयभित्रै ढोका चुकुल चलाएर आक्रमण भयो,’ केन्द्रीय सदस्य विश्वकर्माले भने, ‘अध्यक्ष रञ्जिता आउनुअघि नै विवाद सुरू भएको थियो।’

विवादको सुरूवात कुन गठबन्धनमा जाने भन्नेबाट सुरू भएको थियो। पार्टीका नेता दामोदर पण्डित संयोजकत्वमा रहेको वार्ता टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु लाई भेट्न सोमबार बालुवाटार जाने तयारी गरेको थियो।

‘आज हामीले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट्ने कार्यक्रम थियो। बालुवाटार गयौं भने म तिमीहरूलाई बालुवाटार बाहिरै पिट्छु भनेर उहाँले भनेपछि हामीले विरोध गरेका थियौं,’ उनले भने। साथै २५ हजार रुपैयाँ लिएर केन्द्रीय सदस्यहरू बनाइए पनि निर्वाचन आयोगमा पार्टी अद्यावधिक नभएको जिम्मेवारी कसले लिन्छ भनेर प्रश्न उठेको थियो।