Breaking

अन्ततः रवि कांग्रेसमाथि जित निकाल्दै, देउवा–प्रचण्डको भेटले गगनलाई मुख देखाउनै मुस्किल (भिडियोसहित)


काठमाडौँ— सहकारी मुद्दा देखाउँदै सदनमा रास्वपामाथि तुष साँधिरहेको कांग्रेसले गरेको संसद अवरोध विस्तारै गल्दै गएको छ । संसदको वेल घेराउकै अवस्थामा पुगेको कांग्रेस १० दिनकै बिचमा फेरिएको महसुस सत्तारुढ दलहरुलेसमेत गरेका छन् । तर आफूले उठाएको मुद्दा निष्कर्षमा नपुगी छाड्ने हो भने कांग्रेसको आन्तरिक सन्तुलन के होला ?
कांग्रेसको काँध फेरेर मन्त्रिमण्डल बिस्तार गर्दा शपथ समाहरोहसमेत बहिस्कार गरेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिपक्षी कित्तामा पुग्दा सत्ताका लागि कम्फर्टेबल बनिरहेका छन् ।

विगत १० महिनादेखि रोकिएको संवैधानिक निकायको नियुक्तिको बाटो खुलेको छ । रिक्त चार आयोगबारे निष्कर्षमा पुग्न नसके पनि महालेखापरीक्षकमा तोयम राय सिफारिस भएका छन् । यसले केपी शर्मा ओली प्रतिपक्षमा हुँदा अड्किएको विषय देउवा प्रतिपक्षमा पुगेपछि खुकुलो सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । यतिमात्र होइन पछिल्लो २ पटक भएको प्रचण्ड–देउवाको भेटले संसदमा उठिरहेको कांग्रेसको आवाज बिस्तारै मत्थर हुने संकेत देखिएको छ । प्रतिपक्षमा पुगेको भोलिपल्ट आक्रिोशित मुद्रामा सदनमा प्रस्तुत भएको कांग्रेस आइतबारसम्म आइपुग्दा गृहमन्त्री रवि लामिछानेको राजीनामाको विषयमा कमजोर बनेको देखिएको छ ।

स्रोतका अनुसार प्रचण्ड र देउवा सदनमा जारी अवरोध अन्त्य गर्न सहमत भइसकेका छन् । तर दुवै पक्षमा केही समस्या भने देखिएका छन् । प्रधानमन्त्री प्रचण्ड संसदीय छानविन समिति बनाउन सहमत भए पनि समितिले छानविन गरिरहेका बेला गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्ने बाध्यतामा हुनेछन् । यसो भए कांग्रेसको मुद्दा सफल मात्रै हुुने छैन कि प्रचण्ड झनै ठूलो विश्वासको संकटमा पर्ने छन् । किनभने रवि लामिछाने मन्त्रीबाट हटे उनको पार्टी नै सरकार बाहिर रहने र गठबन्धन नै धरापमा पर्ने पीरमा प्रचण्ड छन् ।
देउवा संसद खुलाउन सकारात्मक भएपछि प्रचण्डभन्दा ठूलो नैतिक संकट कांग्रेसमाथि देखिन्छ । किनभने रविको राजीनामालाई कांग्रेसले प्रतिष्ठाको विषय मात्रै बनाएको थिएन । प्रधानमन्त्री अफर गर्दा नमानेकाले प्रतिशोध साँधेकोसम्मका आरोप पनि लगाइएको थियो । अस्थिर समीकरणकाबीच रास्वपा निर्णायक भएकाले भोलि आफूलाई पनि आवश्यक पर्दा एक व्यक्तिलाई मात्रै टार्गेट गर्नु ठिक नहुुने पक्षमा देउवा पुगेका छन् । १० दिनपछि बसेको बैठकमा कांग्रेसले सहजता देखाएपछि सत्तारुढ दलहरुलेसमेत कांग्रेसले आफ्नो मुद्दा तुहाएको रुपमा बुझेका छन् ।

कांग्रेसले आफ्नो मुद्दा छोडे गगन थापा र शेखर कोइरालालाई भने देउवाले धोका दिएको प्रष्ट हुनेछ । अहिले पनि रवि–गगनको तुषका रुपमा सहकारी मुद्दा बल्झिरहेको छ । रास्वपा र गगनका कार्यकर्तास्तरमै बाख्रापालनमा भ्रष्टाचार र सहकारीमा दोषी करार गर्ने प्रतिस्पर्धा चलेको छ । कांग्रेसले मुद्दा गलाउँदा रास्वपाले पनि सान्त्वना पाएको देखिन्छ । प्रधानमन्त्री र प्रहरी प्रमुखले नै गृहमन्त्री लामिछानेलाई निर्दोष देखाइसकेपछि संसदीय छानविनको आवश्यकता नरहेको उसको बुझाइ छ ।

यसरी देउवाकै कारण कांग्रेस हार्दै गएको प्रस्ट हुँदा सहकारी पीडितको चिन्ताले नभइ रास्वपासँग प्रतिशोध साँध्नका लागि कांग्रेसले संसद अवरोध भएको बुझ्न समस्या छैन । त्यसमाथि प्रचण्ड एमालेसँग मिल्न जाँदा एक ढिक्का भएको भनिएको कांग्रेस सदन अवरोधको विषयलाई लिएर फेरि गुटगत खिचातानीमा अलमलिने पक्का छ ।