Breaking

कास्की भदौरेमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १० घाइते


कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौरेमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएको पोखरा महानगरपालिका २३ का ५२ वर्षीय जयराम सुनार र ५५ वर्षीय लक्ष्मण सुनारको मृत्यु भएको हो । पोखरा बजारदेखि भदौरे जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप भीरबाट खसेको छ ।

सल्लाघारीममा बस खस्दा १० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।