अन्तर्राष्ट्रिय

मोदीको उम्मेद्वार अक्षयकुमारदेखि कंगनासम्म, हिन्दु धर्मका लागि रामायणका रामपनि (भिडियोसहित)


काठमाडौँ— छिमेकी मुलुक भारतमा लोकसभा चुनावको रौनक बढ्दो छ । राजनीतिक दलहरुले धमाधम उम्मेदवार घोषण तथा चुनावी सभामा होमिएसँगै चुनावको सरगर्मी ह्वात्तै बढेको छ । नयाँ–पुराना नेतादेखि कलाकारहरु समेत चुनावी मैदानमा उत्रिएपछि चुनावको चर्चा थप चुलिएको छ ।

छिमेकी मुलुक भारत १८ र्औ लोकसभा चुनावको साथै विभिन्न चार राज्यमा हुने विधानसभा चुनावको चटारोमा छ । लोकसभा चुनावमा मुख्यत भाजपा, कांग्रेस, सीपीएम, बहुजन समाज पार्टी, नेशनल पिपुल्स पार्टी र आम आदमी पार्टी सहित आधा दर्जन बढी राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा सहभागी हुँदैछन । निर्वाचनमा मूख्यत ः सत्तारुड भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) र कांग्रेस नेतृत्वको ‘इन्डिया’ गठबन्धन बीच प्रतिस्पर्धा हुने प्रक्षेपण छ ।
सत्तारुढ विजेपी र ५० सिटमा सिमित कांग्रेस चुनावमा भिड्दैछन ।सत्तारुढ भाजपा सहभागी एनडीए गठबन्धन प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्राण्ड बनाएर चुनाव प्रचारमा छ । भने अर्कोतिर चर्चित अनुहारलाई अघि सारेर पुन बाजी मार्ने दाउमा छ । प्रधानमन्त्री मोदी वाराणसीबाट चुनाव लड्नेछन । गृहमन्त्री अमित शाह गान्धीनगरबाट लड्ने तय भईसकेको छ । विभिन्न सात चरणमा हुने चुनावको पहिलो चरणमा अभिनेत्री कंगना रनौत ‘रामायण’ सिरिजका अभिनेता अरुण गोविललाई लोकसभा उम्मेदवार बनाउने पक्कापक्की भएको छ।


रामायणमा भगवान रामको भूमिका निर्वाह गरेका गोविलले उत्तर प्रदेशको मिरुत क्षेत्रबाट चुनाव लड्नेछन् भने कंगनालाई गृहनगर हिमाञ्चल प्रदेशस्थित मन्डी निर्वाचन क्षेत्रबाट चुनाव लडाउने भाजपाको तयारी छ।
बंगलादेशसँग सीमा जोडिएको पश्चिम बंगालमा मोदीले रेखा पात्रालाई उम्मेदवार बनाएका छन । पात्रा महिला आन्दोलन र यस क्षेत्रमा महिलाहरुको दुर्दशा उजागर गर्ने चर्चित पात्र मानिन्छिन् । मोदीको रोजाईमा जनताले चिनेका चर्चित अनुहार पहिलो प्राथमिकतमा परेकाछन् ।


त्यस्तै हालका सांसद वरुण गांधीलाई उछिन्दै कांग्रेसबाट विजेपीमा आएका जितिन प्रसादले समेत टिकट हात पारेकाछन् ।भाजपाले लोकसभा चुनावमा अभिनेता अक्षयकुमारलाई समेत उम्मेदवार बनाउने चर्चा छ। अक्षय मोदीसंग निकट मानिन्छन् ।
त्यस्तै भारतीय चर्चित कमेडी स्व, द कपिल शर्मा स्व,का अध्यक्ष तथा पूर्व क्रिकेटर नबजोत सिंह सिद्धुको पनि चर्चा कामय छ । उनि यसअघिनै पंजाबबाट सांसद र मन्त्री भईसकेका व्यक्ति हुन् ।

चुनावको मुखैमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेपछि आलोचित भएका मोदी अहिले उम्मेदवार छनोटले चर्चामा छन् ।

भाजपा कांग्रेस सहित अन्य दलले पनि धमाधम लोकसभा चुनाव उम्मेदवारको सूचि सार्वजनिक गरिरहेका छन । भारतमा लोकसभा निर्वाचनको मतदान अप्रिल १९ बाट सुरु हुने निर्वाचन कार्यतालिका छ । विधानसभा चुनाव मे १३ देखि चरणवद्ध रुपमा अघि बढनेछ । यसअघि एनडीए गठबन्धन एक्लैले ३ सय ५३ सिट ल्याएको थियो । कांग्रेस नेतृत्वको यूपीए गठबन्धनले ९२ सिट जितेको थियो । ९६ करोड ८० लाख मतदाता सूचीकृत भएका छन् । जसमा निर्वाचनमा ५५ लाख इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रयोग हुनेछ । लोकसभा निर्वाचनमा जुन एकसम्म मतदान हुनेछ । चार जुनबाट मतगणना सुरु हुने भारतीय संचार माध्यमहरुले जनाएकाछन् । भाजपाका मोदी र कांग्रेसका राहुलबीचको यो भिडन्तलाई अन्तराष्ट्रिय जगतले नजिकबाट नियाली रहेकाछन् ।