राजनीति

प्रचण्ड–ओली एक अर्कामा सशंकित, सत्ता ढाल्ने देउवालाई मौका, शेखरले मुख खोले, ढल्ला सरकार ? (भिडियोसहित)


काठमाडौँ— ओली र प्रचण्डबीचको सत्ता समिकरणमा विश्वासको खडेरी देखा परेको छ।राजनीतिक समिकरण निर्माणताका भेटघाट दैनिक बनाएका ओली–प्रचण्डबीच पछिालो समय घेटघाट पातलिएको छ ।केन्द्रमा भद्र ढंगले सरकार निर्माण गरेको प्रचण्ड–ओली नेतृत्वको गठबन्धनभित्र आसन्न उप–निर्वाचन, प्रदेशको भागवण्डामा देखिएको भाँडभैलै देखि अन्य भागवण्डा विवादले यी दुई नेताबीच दुरी बढेको हो

प्रधानमन्त्रीको १४ महिने कार्यकालमा तीन पटक सत्ताको काँध फेरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदको दोस्रो शक्ति नेकपा एमाले,चोथौ शक्ति रास्वपा सहित पाँच दलिय गठबन्धनको भरथेगमा सत्ताको बागडोर सम्हाली रहेका छन । सत्ता समिकरण फेरबदलको केहि समय दलगत भागवण्डा मिलाउन दिनहु जसो भेटघाटमा रहने शिर्ष नेताहरुको भेटघाट अहिले पातलिएको छ ।
प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको वैठक बोलाउन चाहेका छैन्न । यो अवधिमा प्रचण्डले आफैले अघिलो गठबन्धन तोडेर
सरकारबाट गलहत्याएका कांग्रेस सभापति शेरबहादुर देउवासँग दुई दुई पटक भेट गर्दा अहिले सता समिकरणमा रहेका नेताहरुबाट भने छलिएर हिडेकाछन् । अर्थात प्रचण्ड अहिले सतासहयात्री गठबन्धनका शिर्ष नेता भेट्ने मुडमा छैनन् । यसको एउटै कारण हो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष के.पी शर्मा ओलीबीच बढेको अविश्वास । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच एक साता यता भेट हुन सकेको छैन । चैत्र ९ गते सिहदरबारमा भेट गर्दै प्रदेशको भागवण्डामा छलफल गरेका उनिहरुबीच त्यस यता भेट भएको छैन ।


प्रदेशमा गठबन्धन चार दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको छ । तर आलोपालोमा कहाँ कसको नेतृत्व पहिला भन्ने टुंगिएको छैन । तर यसलाई टुङग्याउन थप छलफल हुनु पर्नेमा पातलिदो भेटका कारण त्यो संम्भव भएको छैन । प्रदेशमा भागवण्डाको विषय झन झन पेचिलो बन्दै गएको छ । उदाहरण कर्णालीमा एमाले–माओवादी नेताहरुको वाकयुद्ध काफी छ । कर्णालीलाई प्रतिष्ठाको विषय बनाएर एमाले माओवादीलेनै दाबी छोडेकाछैनन् ।
माओवादीको उद्गम थलो कर्णालीमा नेतृत्व हत्याउन माओवादी नेताहरुले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई दवाब दिईरहेका छन ।

प्रमुख प्रतिपक्ष कांग्रेसका कारण बन्धक सदन खुलाउन, प्रदेशमा नेतृत्वको भागवण्डाको विवाद मिलाउनदेखि अन्य तमाम विषयमा ओली प्रचण्डको वेवास्ता किन भन्ने प्रश्न तेर्सिन थालेको छ ? तथापी ओली प्रचण्डको दुरी बढ्नुमा प्रदेशको विषय मात्र कारण होइन ।
प्रदेशको भागवण्डा कम आसन्न उपनिर्वाचनमा गठबन्धनभित्र छलफल नै नगरी एमालेले उम्मेदवार घोेषणा गरपछि भित्रिभित्रै दुई नेताबीच सितयुद्ध चलेको चर्चा छ ।


एमाले नेताहरुले अहिले गठबन्धन होइन समिकरण मात्र भएको अभिव्यक्ति दिँदै हिँडेका छन । फेरिएको सत्ता समिकरणपछि सत्तारुढ दलकोतर्फबाट एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई अघि सार्ने प्रचण्ड र माधव कुमार नेपालको चाहानामा एमालेले साथ नदिएपछि उसैपनि प्रचण्ड माधव टाढिएकाछन् ।
एमालेले उम्मेदवार घोषणा गरे लगत्तै माधव कुमार नेपालले पनि उम्मेदवार टुङग्याएका थिए । माओवादीको उम्मेदवार को भन्ने अहिलेसम्म प्रचण्डको कोट कै खल्ति भित्र नाम छ ।प्रचण्ड एमाले पार्टी कार्यालय च्यासलमा एमाले र रास्वपाबीचको पटक पटको भेटघाट र छलफल देखि ओलिसंग प्रथम दृष्टिमै संशकित छन् ।
पहिलेदेखि नै निकट ओली–रवि मिलेर मिनि गठबन्धन चलाईरहेको भन्ने शंका प्रचण्डलाई छ ।केन्द्रको भागबण्डामा सहजीकरण गर्दै ठूला मालदार मन्त्रालय अन्य दललाई सुम्पिएको एमालेले आफूले रोजेकै प्रदेश पाउनु पर्ने बटम लाईन छ ।

ओली प्रचण्डको भेटघाट पातलिरहेको बेला कांग्रेसका मूख्यमन्त्रीहरु सत्ता जोगाउन लाग्नु, देउवा प्रचण्डको भेटघाट बाक्लिनु र शेखर कोइरालाले केही महिनामै गठबन्ध फुट्छ भन्नुलाई संयोग मात्र मान्न सकिदैन । यसले पनि कांग्रेसीहरु ओली प्रचण्डको गठबन्धन फुटाउन अहिले पनि भगिरथ प्रयासमा छन् भन्ने प्रस्ट संकेत गर्छ ।

देउवा र प्रचण्डबीचको पछिलो भेटवार्तामा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेका विषयमा छानविन गर्न प्रचण्डले देउवलाई ग्रिन सिग्नल दिएकाछन् । संसदमै रविलाई निर्दोष करार गर्दै काँध हालेका एमाले अध्यक्ष ओलीको भुमिका के हुन्छ भन्ने अर्को प्रश्न जिवित छ । रविकै कारण ओली र प्रचण्डको दुरी थप बढ्ने त हैन ?सहकारी प्रकरणमा रविमाथि छानविन हुनु पर्ने माग सहित कांग्रेसले संसद अबरोध गरेर राजीनामा मागिरहेको छ। प्रचण्डले संसदको गतिरोध फुकाउन छानविन बनाउन तयार भए ओलीसंगमात्रै हैन प्रण्डको दुरी रविसंग पनि बढ्ने पक्का छ ।