Breaking

रवि तह लगाउन देउवा–प्रचण्डको खेल, बन्धक संसद् खुले रविको हार, एमाले आगोमा घिउ थप्दै ! (भिडियोसहित)


काठमाडौँ— प्रतिपक्षमा पुगेको रनाहामा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई तारो बनाउँदा त्यसको मारमा संसद परेको छ । लामिछाने सहकारी काण्डमा मुछिएको भन्दै छानविनको माग गर्दै कांग्रेस निरन्तर संसद अवरोध गर्दै आएको छ । त्यस्तै सभामुखकै कारण पनि केहि दिन संसद बन्धक बन्दा संसद कसैको स्वार्थका साध्ने थलो बन्दै गएको हो ।

अहिले संसद व्यक्तिगत र पार्टिगत ईगोको कारण बन्धक बनिरहेको छ । आफूले प्रधानमन्त्री अफर गर्दा चरित्रवान मानिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि नेपाली कांग्रेस शुरुबाटै खनिदै आएको छ । उनको नाम सहकारी घोटालमा जोडिएको भन्दै पहिलो राजिनामा मागेको कांग्रेस अहिले संसदीय छानविन समिति बनाउनुपर्ने मागमा छ । यसैलाई मुद्धा बनाएको उसले शुरुमा प्रधानमन्त्रीबाट जवाफ समेत मागेको थियो । त्यहि मागका लागि संसदको वेल नै घेराउ गरेको उसको यो माग पुरा भएको छ भने फकाउन स्वयम प्रधानमन्त्री नै लागि परेका छन् ।

यसैका लागि बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकारात्मक जवाफ समेत पाएका थिए । त्यस्तै शनीबार मात्रै पनि सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा प्रमुख ६ दलका सचेतकहरुलाइ छलफलका लागि बोलाएका थिए । तर आ–आफ्नै अडानका कारण छलफल निष्कर्षविहिन बन्यो भने संसदीय छानबिन समिति नबनाएसम्म सदन चल्न दिने वा नदिने भन्नेबारे आइतबार बिहान पदाधिकारी बैठक बसेर निर्णय गर्ने बाटोमा कांग्रेस अघि बढेको छ ।

अझ गज्जब त अहिले संसद चलाउन सक्रियताको नाटक गर्ने सभामुखकै कारण संसद् १० दिनसम्म स्थगीत भयो । अधिवेशन चलिरहेका बेला उपसभामुखलाई जिम्मा नदिइस्थगित गरेर घिमिरे स्विजरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेपछि संसद् सुनसान बन्यो । जहाँ अर्को रोचक दृश्य त यो भ्रमणमा यस्तै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार पनि थिए । अर्थात घुम्ने रमाईलो गर्नेमा मन मिलेका उनीहरुकै कारण संसद बन्धक बन्दा लाजै लजाउने दृश्य देखिरहेको छ । जसले उनीहरुको भनाई,गराई र नाटक बारे आम नागरिक प्रष्ट हुँदा हिजो प्रतिपक्षमा हुदाँ विवादित मन्त्री किन राखेको भन्दै प्रश्न गर्ने एमालेले पनि रवि वोकेर अर्को समस्या निम्ताईरहेको छ । वातावरणलाई सहजतातर्फ लगेर संसदको गतिरोध अन्त्यमा भूमिका खेल्ने भन्दा गृहमन्त्री आफैले सदनमा जवाफ दिने बताईरहँदा कांग्रेसले सदन अवरुद्ध गर्नु गैरराजनीतिक कदम भएको भन्दै वातावरण विथोलीरहेको छ

अहिले एमालेले संसद भनेको प्रतिपक्षीको भएको र त्यसको गतिरोध अन्त्य गर्ने काम सरकारको भएको आफ्ना पुराना भाषण विर्सिसकेको छ । जहाँ छानविन समिति बनाएर आफैमाथिको प्रश्नबाट मुक्त हुने अवसर हुदाहदुदै पनि लामिछाने तयार छैनन् । जसले गल्ती नभएको मान्छे किन डराउनुपर्यो भन्ने बाटो कांग्रेसलाई मिल्दा पेलेरै जाने रास्वपाको रणनिति पनि घातक छ । जसले रवि माथिकै प्रश्न बलियो बन्दा वातावरण सहज बनाउने सरकारकै कर्तव्य भएको उसले पनि विर्सिएको छ ।

विकसित यी घटनाक्रमले संसद रमिता देखाउने थलो बन्दा त्यसले दल र नेताहरुको धज्जी उडाईरहेको छ । उनीहरुका लागि रणमैदान मिल्ने तर नागरिकका आवाज कुण्ठित हुने यो अवस्था नयाँ पुराना दुवै एकै ड्याङका भएको प्रमाणित गर्दा कांग्रेसको लोकतान्त्रिक स्वभाव लाज नै लजाउने अवस्थामा पुगेको छ । जहाँ संसदले कानुन बनाउन नसकेको यर्थाथताले छेउबाट कुरीकुरी गरिरहँदा उनीहरुको वेतुकको भिडन्तले जतिधेरै संसद अवरुद्ध बन्छ त्यति नै उनीहरुका असलियत बाहिर आउने छ ।